Wednesday, December 16, 2015

बौद्धनाथ स्तुपाको कथा (Boudhanath story)



बौद्धनाथ स्तुपा, Boudhanath
---------------------------------
बौद्धनाथ स्तुपाको कथा
==-------------------==
पूर्व जन्मकी अप्सरा ज्याजिमाले धर्म सकेपछि साधारण कूलमा जन्म लिइन्। उनको ४ जना श्रीमानबाट प्रत्येकको १-१ जना छोराहरू जन्मिए । घोडा व्यापारीबाट ताजेब, सुंगुर व्यापारीबाट फजेबु, कुकुर व्यापारीबाट खिजेबु र कुखुरा व्यापारीबाट ज्याजेबु आदि यी चारै जाना छोराहरू धर्ममा निकै मन गर्ने भएकाले एउटा विशाल छ्योर्तेन (स्तुपा) निर्माण गर्ने निश्चय गरे जसको लागि आवश्यक जमिन माज्यमिजाले उपलब्ध गराईन्। त्यसपछि हात्ती, घोडा र गधालाई माटो, ढुङगा, ईंटा बोकाएर स्तुपा निर्माण सुरु गरिन्। करिब ४ वर्षपछि ४ तल्ला सम्मको निर्माण भएपछि माज्यमिजाको देहान्त भयो। अरु ३ वर्षसम्म निरन्तर प्रयास गरेपछि ४ जना छोराहरूले ७ वर्षपछि बौद्ध स्तुपाको निर्माण पूरा गरे।
यस बौद्ध स्तुपामा सांगे, हुइसुमा साक्य बुद्धको रिङसल र थुप्रै जिन्लबहरू सुङमा हाली राख्ने गर्दा हजार बुद्ध र स्वर्गका देवताहरू लामाको रूपमा आएको विश्वास गरिन्छ। राबनेले गर्दा स्र्वगबाट बोधिसतवको किरण सुङमा पसेको र आकाशमा पनि बाजा बजेको थियो भनिन्छ। बोधिसत्वको शक्तिहरू यस स्तुपाको सुरूङमा पसेको यसलाई (सांङ्गे थाम्जे दुइवे छ्योर्तेन्) भन्ने गरिन्छ।
बौद्ध स्तुपाको निर्माणपछि ताजेबुले अर्को जन्ममा धर्म प्रचार गर्न उत्तर दिशाको राजा हुन पाउँ भनि प्रार्थना गरेकाले ती पछि तिब्बतको राजा ठिचेन देबजन भए। फजेबुले पनि अर्को जुनीमा धर्म प्रचारकै लागि विद्वान लामा हुन पाऊँ भनी प्रार्थना गरेकोले पछि तिब्बतमा खेन्पो बोधिसत्वको रूपमा जन्म लिए।
खिजेबुले धर्म नष्ट गर्ने राक्षसहरूको दमन गरि धर्म रक्षाको लागि अर्को जुनीमा फूलको थुङ्गाबाट जन्म होस् भनि प्रार्थना गरेकाले उर्नेनयुल (कास्मिर) काे दक्षिण–पश्चिम कुनाको कुख्या दु्धकुण्डमा कमलको फूलमाथि असार दशमीको दिन गुरु रिन्पोछेको रूपमा अवतर लिए। उत्तरमा धर्म रक्षाको लागि मन्त्रीको रूपमा जन्म हुन पाऊँ भनि ज्यजेवुले प्रार्थना गरेकोले भामिटिसी मन्त्रीको रूपमा तिब्बतमा जन्म भयो। तर सबैले आ–आफ्नै लागि मात्र प्रार्थनाको तर ईँटा, माटो र ढुङ्गा बोक्ने पशुहरूको बारे प्रार्थना नगरेकाले पशुहरू तिसाएर ताजेबु (ठिचेन देचन)ले धर्म प्रचार गरेको देशमा धर्म नष्ट गर्न राक्षसको रूपमा जन्म होस् भनि हात्तीले प्रार्थना गरेकाले तिब्बत्मा लाङधर्मको रूपमा तिब्बत्का राजा भए। त्यसै गरी गधाले पनि धर्म नष्ट गर्न मन्त्रीको रूपमा जन्म हुन पाऊँ भनि प्रार्थना गरेकाले अर्को जन्ममा दुईलोन मस्यात थोम्वेको नामले मन्त्रीको रूपमा तिब्बतमा जन्म भयो।
ती पशुहरूको प्रार्थना अचानक कागले सुनेकोले पवित्र धर्म नष्ट गर्ने राजालाई मारी धर्म जोगाउन मन्त्रीको रूपमा जन्म हुन सकुँ भनि बौद्ध स्तुपामा प्रार्थना गरेकोले तिब्बतमा मन्त्रीकै भाइ लालाङ पाल्दोरको रूपमा जन्म भयो। साथै उक्त धर्मको नास गर्ने राक्षसहरूलाई दमन गरि धर्म रक्षाको लागि पशु गोठालाहरूले प्रार्थना गरेकोले तिब्बत्मा छ्योलेन गोही पेमाचेनको जन्म भयो। त्यसै गरि छोङपुर च्यान र सरमे दुई जना बाहुनले धर्म भएको देशमा धार्मिक पुस्तक लेख्नको लागि स्तुपामा प्रार्थना गरेकाले, कावापाल्चेक र लुईग्याल्छेनको रूपमा जन्म भई भगवान बुद्धका हजारौं उपदेशरुलाई अनुवाद गरि उनीहरूले काङग्युर लेखे। साथै पुस्तक लेखि धर्म प्रचारमा सहयोग गर्न पाऊँ भनि नेपालका दुई राजकुमारीले प्रार्थना गरेकाले तिब्बत्मा देनमा चेमाङ र लेजिक ङिमाको जन्म भएर धेरै पुस्तकहरू लेखे।
यसै क्रममा तिब्बतको तत्कालीन धर्म राजा देचेन देवचनले हामीले पूर्व जन्ममा कुन र के संस्कार गरेकाले धर्म प्रचार गर्न पायौं भनि गुरु रिन्पोछेलाई प्रश्न गर्दा त्यसको व्याख्या र उत्तर दिंदा ज्यारुङ खस्योरको नामदार बनेको कुरा मानी कम्बु छ्योईमा उल्लेख गरिएको छ।
भगवान शाक्यमुनि बुद्ध निर्माण हुनु भएको केही वर्षपछि निर्माण भएको यस बौद्ध स्तुपा संसारकै सबैभन्दा ठूलो छ्योर्तेन हो। यहाँ हरेक १२ वर्षमा छ्योर्तेनको गुम्बामा पानी भरिन्छ। त्यहाँ हजारौं तोला सुनको जलप लगार्ईएको छ। १८ औं शताब्दीको अन्त्यमा चीन सरकारले विशेष लामाको नियुक्ति गरि बौद्ध छ्योर्तेन्को रेखदेख, पूजापाठ र सुरक्षाको व्यवस्था गरेका थिए। उनै लामाका सन्तानलाई अझै चिनियाँ लामा भन्ने गरिन्छ। छ्योर्तेन्को गुठी र छ्योर्तेन् उनै लामाको नेतृत्वमा सञ्चालन गर्दै आईरहेको छ।
राप्ने (प्राणप्रतिष्ठा) गर्दा स्वर्गबाट बोधिसत्वको किरण सुङमा पसेको र आकाशमा पनि बाजा बजेको थियो भनिन्छ। त्यसैकारणले यो स्तूपालाई साङ्गे थाम्जे दुइवे छ्योर्तेन् पनि भनिन्छ। तामाङ वंशावली अन्र्तगत ती चार दाजुभाई योन्जन, घिसिङ, वल र ढोग्चन थरका तामाङ (पूर्खा) थिए। त्यसकारण तामाङहरूको मुख्य धार्मिक तिमाल जात्रा (पितृश्रद्धा पूजा) र प्रमुख तिर्थहरू नमोःबुद्ध, बौद्ध, नागार्जुन र स्वयम्भू पर्दछन्।
The Buddhist stupa of ‪#‎Boudhanath‬ dominates the skyline. The ancient Stupa is one of the largest in the world. The influx of large populations of refugees from Tibet has seen the construction of over 50 Tibetan Gompas (Monasteries) around Boudhanath. As of 1979, Boudhanath is a UNESCO World Heritage Site. Along with Swayambhunath, it is one of the most popular tourist sites in the Kathmandu area.
Text from: https://en.wikipedia.org/wiki/Boudhanath

Sunday, December 13, 2015

“ल्होछार वा लोसार” को इतिहास


“ल्होछार वा लोसार” को इतिहास
तत्वीय खगोलशास्त्रको आधारमा गणना गरिने परम्परा अनुसारको ल्होछार वा लोसारको परमपरा ः नेपाल एक बहुजातिय, बहुधार्मिक, बहुभाषिक, बहुसांस्कउतिक देश हो । यिनै बहु संस्कृतिहरुमध्ये सिङ्गो हिमाली तथा पहाडी भूभागको आदिवासी जनजाति समुदायको सबैभन्दा महान् चाड ‘ल्होछार वा लोसार’ हो । तामाङ्ग, ह्याल्मो, शेर्पा, गुरुङ्ग, मनाङ्गे, थकाली, दुरा, जिरेल, ल्होमी, लेच्चा, भुटिया, तोप्केगोला, ओलाचुङ, होलुङ, तिब्बती आदि जातिहरुले बडो धुमधामका साथ यो चाडलाई ल्होछार वा लोसार पर्वको रुपमा मनाउने गर्दछन् । ‘ल्हो वा लो’ ले तामाङ्ग, ह्योल्मो, शेर्पा, गुरुङ्ग, मनाङ्गे, थकाली, दुरा, जिरेल, लोमी, भुटिया, तोप्केला, ओलाचुङ, तिब्बती आदि जातिहरुको भाषामा सम्वत, साल, वर्ष वा पाँच तत्वमा आधारित १२ जीवजन्तुको नाममा उमेर बुझाउँने वर्ष आदिलाई बुझाउँछ । यही वर्ष, साल, सम्वत, उमेर फेरिने वा बदल्ने उत्सव वा चाड मनाउने परम्परा धार्मिक, सांस्कृतिक र ऐतिहासिक रुपमा संसारभरि नै पाइन्छ । विशेष गरेर ल्होछार वा लोसार चाड नेपालको सम्पूर्ण हिमाली तथा पहाडी प्रदेश तिब्बत, मंगोलिया, सिँगापुर, मलेशिया, कोरिया, जापान, लाओस, भियतनाम, कम्वोडिया, थाइल्याण्ड, बर्मा, भूटान लगायत भारतको लद्दाख, हिमाञ्च आदिस्थानमा मंगोलमूलकीहरुले महत्वका साथ मनाउने गरेको पाइछ । यो उत्सव मुख्यतथा परम्परागत चन्द्रपात्रो (Lumar Calendar) तथा पाश्चात्य ग्रेगोरियन भारतिय कालचक्र तथा शिवतन्त्र पात्रोमा आधारित भएको पाइन्छ । चन्द्रपात्रोमा विश्वास राख्नेहरुले चन्द्र नयाँ वर्ष (Lunar New Year) चन्द्रवर्षको पहिलो महिनाको, पहिलो दिन चन्द्र नयाँ वर्ष (Lunar New Year) आरम्भ हुने दिन ल्होछार वा लोसार मनाइन्छ । तर अपवादको रुपमा नेपालमा गुरुङ्ग जातिले भने यही उत्सव सूर्य पात्रोको सौरमास पौषदी १५ गतेका दिनलाई ल्होछार मानिआएको छ । ‘ल्हो’ वा ‘लो’ र ‘छार’ वा ‘सार’ को अर्थ ः ल्होछार वा लोसार बारे हामीले प्रशस्तै छलफल गर्नु अघि त्यसको शाब्दिक खअर्थ जान्नु आवश्यक छ । तसर्थ त्यसबारे प्रचलनमा पाइएका अर्थलाई यहाँ प्रस्तुत गरिएको छ । “ल्होछार वा लोसार” पहाडी तथा हिमाली आदिवासी ÷ जनजातिहरु र चिनियामूलकीहरुले मनाइने ‘चन्द्र नयाँवर्ष’ उत्सव वा पाँच तत्वहरुमा आधारित वर्ष चक्रको वर्ष फेरिने प्रकृयालाई बुझाउन प्रयोग भइराखेका पदावलीहरु हुन् । यो पर्वलाई आत्मसाथ गर्ने जातिहरुमध्ये सबैभन्दा ठूलो जनसंख्या रहेको तामाङ्ग र त्यसपछिको भाषामा नयाँवर्ष उत्सव आरम्भ वा नयाँ वर्ष भन्ने बुझाउन ‘ल्होछार’ पदावलीको प्रयोग भएको पाइन्छ । त्यस्तै तिब्बतीहरुसँग बढी निकट मानिने तामाङ्ग तथा गुरुङ्ग जातिको तुलनामा अल्पसंख्यामा रहेका जातिहरु शेर्पा, ह्योल्मो, मनाङ्गे, लोप्केगोला, सिङसा, लोमी, होलुङ आदिको भाषामा ‘लोसार’ पदावलीले नयाँवर्ष भन्ने बुझाउँछ । यहाँ तिब्बती भाषालाई मूलभाषा मान्दा ‘लोसार’ तत्सम शब्द हो अर्थात् तिब्बती भाषाबाट जस्ताको तस्तै आएको छ । तर तामाङ्ग, गुरुङ्ग तथा थकालीको भाषा तद्भव भएर ‘ल्होछार’ मौलिक शब्दको रचना भएको पाइन्छ । हालसम्म विभिन्न भाषाहरुमा प्रच्लन रहेको लिखित तथ्यहरुको आधारमा ‘ल्होछार वा लोसार’ को अर्थ निम्नअनुसार रहेको पाइन्छ । तामाङ्ग भाषामा अर्थ ः तामाङ्ग जातिको तामाङ्ग भाषाम वर्ष फेरिनुलाई “ल्होछार” भनिन्छ । यहाँ ‘ल्हो’ शब्दको शाब्दिक अर्थ परम्परागत रुपमा प्रचलनमा रहेको चिनिया चन्द्र नयाँ वर्षसँग मेल खाने पाँच तत्वहरुको संयोजन रहेको विभिन्न १२ वटा जीवजन्तुहरुको नाममा नामाकरण गरिएको ‘वर्षचक्र’ –ल्होखोर्लो) लाई बुझाउँछ । यसलाई तामाङ्ग भाषामा “ल्होखोर्लाे वा ल्होकोर” (वर्षचक्र) भनिन्छ । यही ल्होकोरको एउटा ल्हो छोडेर अर्को फेर्नु या बदलिनु या नयाँ आरम्भ हुने दिनलाई ल्होछार भनिन्छ । तामाङ्ग भाषामा ‘ल्हो’ शब्दले “वर्ष, साल, सम्बत, सम्वतसर उमेर” र “छार” शब्दले ‘नयाँ’ भन्ने बुझाउँछ अर्थात् ‘ल्हो’ र ‘छार’ (वर्ष र नयाँ) दुई भिन्दाभिनदै शब्दहरु मिलेर ‘ल्होछार’ नयाँवर्ष बुझाउने शब्दावली बनेको छ । तामाङ्ग भाषामा अन्य शब्दावलीहरुले पनि क्रमशः ‘ल्हो’ ले वर्ष र ‘दोबा’ ले फर्कनु त्यस्तै ‘ल्हो’ वर्ष र ‘पोबा’ फेरिनु र ‘दिङ’ ले साल, सम्वत् र वर्ष ‘छारदीङले नयाँ साल वा नया सम्वत् भन्ने बुझाउँछ । यसप्रकार तामाङ्ग भाषामा नयाँ वर्ष “ल्होछार” लाई ‘ल्हो दोबा’ एवम् ‘ल्होपोबा’ र ‘छारदीङ’ पनि भनिन्छ । गुरुङ्ग भाषामा अर्थ ः गुरुङ्ग विद्धान जगमान गुरुङ्गको सम्पादकत्वमा २०४८ सालमा “ल्होछारको शुभकामना बाँदर वर्षको ल्होफल” (२०४८÷९÷१५ –२०४९÷९÷१४), नामक पुस्तिका “गुरुङ्ग ल्होछार गुरुङ्ग पुस्तिका “गुरुङ ज्योतिषशास्त्र” भनेर प्रकाशन भएको थियो । उक्त पुस्तिका र गुरुङ्ग लेखक डिल्लीजङ गुरुङ्गको गुरुङ्ग शब्दकोश अनुसार गुरुङ्ग भाषामा पनि ‘ल्हो’ ले वर्ष वा (१२ जीवजन्तुमा आधारित वर्ष वा वर्ग) लाई र ‘छार’ ले नयाँ नै बुझाउँदछ । अर्थात् गुरुङ्ग भाषामा पनि नयाँ वर्षलाई “ल्होछार” नै भनिन्छ । ल्होछारको अवसरका प्रकाशित हाम्रो रोधी वर्ष अंक १ मा नेत्र तमुको –“तमु ल्होसारको नालीबेली” शीर्षकको लेखमा “ल्होत्वोमा शब्द (ल्हो + त्वोवा) मिलेर बनेको शब्द हो । ‘ल्हो’ को अर्थ वर्ग र ‘त्वोवा’ को अर्थ फर्कनु हुन्छ ” भनेर गुरुङ्ग भाषामा अथ्र्याइएको छ । त्यस्तै डिल्लीजङ्ग गुरुङ्गकै अनुसार “सूर्य पृथ्वीको किनारसम्म पुग्नुलाई ‘ङीखोर होंव’ भन्दछन् र सूर्य उत्तर दिशातर्फ फर्केको दिनलाई ‘ङीएब’ अथवा ‘ल्हो तोबा’ भनिन्छ ।” यहाँ ‘ल्हो तोबा’ भनेको वर्ष फर्कनु हो । तसर्थ गुरुङ्ग भाषामा ल्होछारले ल्होतोबा, ङीएबा, नयाँ वर्ष भन्ने बुझाएको पाइन्छ । तिब्बती शेर्पा तथा अन्य जातिहरुको भाषामा ‘लोसार’ को अर्थ ः– तिब्बतीहरु नयाँ वर्षलाई “लोसार” भन्दछन् । यहाँ पनि ‘लो’ ले सम्वत, सम्वतसर, साल, वर्ष, उमेर तथा १२ वटा जीवजन्तुहरु भएको वर्ष चक्रलाई पनि बुझाउँछ । नेपालको शेर्पा, ह्योल्मो, सीङसा, तोप्केगोला, डोल्पाली, होलुङ आदि यी सबै जातिहरुको भाषामा पनि तिब्बती भाषाको “लोसार” शब्दावली नै नयाँवर्ष बुझाउन प्रयोग भएको पाइन्छ । तिब्बती भाषामा या ह्याल्मो, शेर्पा, सिङसा, लोमी, होलुङ आदि जातिको भाषामा ‘लो’ शब्दले वर्ष, र ‘सार’ ले नयाँ अथवा नवीन भन्ने, बुझाउँछ । ‘लो’ र ‘सार’ (वर्ष र नयाँ) दुई शब्दले मिलेर ‘लोसार’ अर्थात् नयाँ वर्ष शब्द बनेको छ । यहाँ लोसारको अर्थ ‘राब्ज्युङ लो’ कोर १२ जीव तथा पन्छीहरु र पाँच तत्वहरु (खामहरु) कृयात्मक सम्बन्ध रहेको वर्षचक्रको लो (वर्ष) फेरिनु तथा तिब्बती राजाको सम्बत् या तिब्बती साल ‘ग्येल्बु लो’ (यो वर्ष ग्येल्बु लो –२१२९ सौं हो ।) फेरिने दिनलाई बुझाउँदछ । यो तिब्बती ग्येल्बु सम्बत् फेरिने र जनताको लो फेर्ने दिन एकै दिनलाई मान्दछ । ल्होछार वा लोसार वा चन्द्र नयाँवर्ष परम्परा ः ‘ल्होछार वा लोसार’ परम्परा खगोलशास्त्रअनुसार सूर्य र चन्द्रमाको गतिसँग सम्बन्धित नभएर बाह्र जीवजन्तुहरुको नाम र तिनमा प्रभाव पार्ने पाँच भौतिक तत्वहरुको आधारमा सृजित राब्ज्यूङ ल्होखोर (६० वर्षे वर्षचक्र) चनद्रपात्रोमा आधारित विश्वको सबैभन्दा पुरानो परम्परा मानिन्छ । यसको आजभन्दा ४७०० वर्ष अगाडी सुरु भएको तथ्य चिनिया खगोलशास्त्रको इतिहासमा पाइन्छ । यो खगोशास्त्र तथा ज्योतिषशास्त्र एवं पश्चिमी प्रसिद्ध ग्रेगोरिएन पात्रो र बौद्धदर्शनमा आधारित का लचक्र पात्रो अथवा सौर्य पात्रोसँग तथा चन्द्र, सूर्य तथा ग्रह नक्षेत्र आदिमा आधारित वैज्ञानिक खगोलशास्त्रको प्रयोग तथा व्याख्यासँग पनि सम्बन्ध रहेको हुन्छ । यो परम्पराअनुसार चन्द्रवर्षको वर्षहरु, पाँच तत्वहरुमा आधारित भिन्दा भिन्दै १२ जीवजन्तु र पन्छीहरुको नामबाट वर्षहरुको नामाकरण गरिएको हुन्छ । र यो वर्षचक्र परम्परामा एक वर्षलाई १२ चन्द्र महिनाहरुमा विभाजन गरिएको हुन्छ । अधिकमास भएको बेला भने १३ वटा महिना हुन्छ । सामान्यतया एक चन्द्रमास (चन्द्र महिना) लाई दुई भागमा, औैंशीको भोलिपल्ट परेवादेखि पूर्णिमासम्म र पूर्णिमाको भोलिपल्ट परेवादेखि औंशीको दिनसम्म विभाजन गरिएको हुन्छ । जसलाई नेपालीमा “शुक्लपक्ष” (प्रतिपदा परेवादेखि पूर्णिमासम्म) र “कृष्णपक्ष” पूर्णिमादेखि औंशीसम्म) भनिन्छ । यो अवधि अर्थात् एक चन्द्र महिनामा २९.५ दिनको हुन्छ । सौर्यपात्रोमा ३६५ दिनको एक वर्ष हुने भएकोले चन्द्रवर्षमा ३६५ दिनको एक वर्ष हुन्छ । जुसले गर्दा सूर्य तथा चन्द्र पात्रोको बचिमा मिलाउन चन्द्रवर्ष प्रत्येक तीन वर्षमा एक पटक [365-(29.5 *12) 354 = 11 * 3 = 33 days leap month] ‘अधिकमास’ जोडिनछ । यसरी ‘अधिकमास’ जोडिएर हुने वर्षलाई चन्द्र मलमास वर्ष’ (Lunar Leap Year) भनिन्छ । चन्द्र महिनाहरुको नाम पनि आ–आफ्नै भाषामा प्रचलनमा रहेको पाइन्छ । जस्तै– महिनालाई बुझाउन तामाङ्ग भाषामा लानी (लाङी) ‘चन्द्रमा’ को अर्थबाट नै महिना भन्ने पदावली बनेको पाइन्छ । तसर्थ तामाङ्ग भाषामा “ला” ले महिना बुझाउँछ, त्यस्तै चन्द्रमालाई युये भनिन्छ । महिना बुझाउन “युये” पदावलीलाई प्रयोग गरेको छ , त्यस्तै तिब्बती भाषामा ‘दावा’ चन्द्रमाकै अर्थमा महिना बुझाउँन “दावा अर्थात् दा” पदावलीको प्रयोग गरिएको छ । त्यसकारण पश्चिमी ग्रगोरिएन पात्रो र चीनमा प्रचलित पौराणिक “स्हिाया साम्राज्यकाल” को पात्रो परम्परा अनुसार चिनिया पहिलो चन्द्र महिना वा नेपालमा तामाङ्ग पहिलो चन्द्र महिना ‘ख्रेला’ नयाँ चन्द्रमा उदाउने दिन (NEW MOON DAY) माघ शुक्लपक्ष प्रतिपदा देखि आरम्भ हुन्छ । त्यस्तै तिब्बतीहरुले ‘होर लावा दाङबो या बोअी दावा दाङबो” भनेको अर्थ पनि प्रथम चन्द्र महिना नै भनेको हो यहि परम्परा नेपालमा मात्र नभउर चिनिया मुलका सम्पूर्ण देशहरु मंगोलिया, हङकङ, लाओस, भियतनाम, कम्बोडिया, मलेसिया, सिँगापुर, जापान, कोरिया बर्मा, भुटान, सिक्किम आदि मुलुकहरुमा यद्यपि प्रचलनमा छ । यसको अलावा इरान, र्पिया, महाराष्ट्र (भारत) आदि मुलुकहरुमा पनि चन्द्रमासमा आधारित नयाँ वर्ष उत्सव मनाउने प्रचलन पाइन्छ । यसबाट पनि ल्होछार वा लोसार भनेको नै चन्द्रमास (महिनामा) आधारित र पाँच तत्वको आधारमा सृजना भइराखेको वर्ष (EL-emental year) फेर्दा उत्सव नै हिमालय तथा पहाडी क्षेत्रका तामाङ्ग, गुरुङ्ग, शेर्पा, थकाली, मनाङ्गे, ल्होमी, दुरा, जिरेल, होलुङ, लेप्चा, भुटिया, तिब्बती, भुटानी, लादाखी आदि समुदायले मनाउने नयाँवर्ष उत्सव ल्होछार वा लोसार हो । नेपाल र भारतमा प्रच्लित चनद्रमास अनुसार यो दिन माघ शुक्लपक्ष प्रतिपदा परेवा तिथिका दिनदेखि चनद्र नयाँवर्ष उत्सव मनाउने गर्दछ । चीनमा ल्होछार वा चिनिया चन्द्र नयाँवर्षको इतिहास ः ल्होछार वा लोसार चाड विभिन्न बाह्र जीवजन्तुहरुको नाममा बाह्र वर्षलाई पाँच भौतिक तत्वहरुको आधार सृजना भइराखेको वर्षचक्र परम्परामा आधारित वर्ष, महिना, दिन गणना गर्न सकिने परम्परा हो । यो परम्परा चिनिया चन्द्रपात्रोको परम्परा जति पुरानो छ । त्यतिनै पुरानो र ऐतिहासिक भएको तथ्य भेटिएको छ विश्वभर प्रचलनमा रहेको ‘चन्द्र नयाँवर्ष’ अर्थात् ‘चन्द्रमास’ को आधारमा वर्ष परिवर्तन हुने यो ‘ल्हो’ परम्परा पश्चिमी ‘ग्रेगोरियन’ र बौद्धदर्शनमा आधारित ‘कालचक्र’ पात्रो वा सौर्य पात्रोसँग मेल खान्छ । साल, सम्बत्, सम्बत्सर, वर्ष, महिना, दिन, रात फेरिने कुरो आधुनिक वैज्ञानिक भाषामा भन्नु पर्दा खगोशास्त्र र ज्योतिष विज्ञानसँग पनि गाँसिएको हुन्छ । त्यसैले चनद्र नयाँवर्ष अनुसार वर्ष (ल्हो वा लो) फेरिने परम्पराको आफ्नै छुट्टै मूल्य, मान्यता, इतिहास र परम्परा रहि आएको छ । यही परम्परा नै विश्वभर चन्द्र नयाँवर्ष पर्वको रुपमा मनाइन्छ । चीनमा चन्द्र नव वर्ष एवं ऋतु परिवर्तन उत्सव (सूर्य दक्षिणबाट उत्तरी ध्रुवतर्फ लाग्ने समय अर्थात् -Winter Solstice age) प्रवेश भएको) Spring Festival उत्सव एकै दिन मनाइन्छ । पानी–पुरुष घोडा वर्षपछिको चिनिया चन्द्रवर्ष ४७०० औं काठ–स्त्री बाँदर वर्ष हो । “चिनिया प्राचिन ‘स्हीया’ साम्राज्य र बादशाहहरुले प्रचलनमा ल्याएको ‘स्हीया’ पात्रो परम्पराअनुसार पनि चिनिया चन्द्रवर्षको प्रथम महिनाको प्रथम दिनलाई नयाँवर्ष आरम्भ उत्सव मनाइने कुरा उल्लेख छ । यो परम्परा “ई.पू.२१०० –१६०० मा प्रारम्भ भएको कुरा चिनिया चन्द्र नयाँवर्ष परम्पराो इतिहासमा उल्लेख गरेको पाइन्छ र हजारौं वर्षदेखि हालसम्म निरन्तर चलिआएको छ, यही समयदेखि चिनियाहरु ‘स्प्रीङ्ग फेष्टीभल’ मान्दछन् ।” यस दिनलाई उनीहरु “युआन” दिन पनि भन्दछन् । यसको अर्थ नवीन आरम्भ हो । चिनियाहरु आफ्नो महिनालाई ‘युअ‍े’ भन्दछन् । यसको अर्थ चन्द्रमा हो । चिनिया चन्द्रवर्ष चक्रमा एउटा पूर्ण वर्षचक्र ६० वर्षमा पुरा हुन्छ । यो वर्षचक्र १२ वटा विभिन्न जीवजन्तुहरु पौराणिक चिनिया संकेत अनुसार क्रमशः मुसा, गोरु, बाघ, खरायो, ड्राइगन, सर्प, घोडा, भोडा, बाँदर, पन्छी, कुकुर, बँदेल रहेका छन् । यी नै जीवजन्तुहरु चिनिया पाँच भौतिक तत्वहरु (खामहरु) क्रमशः काठ, आगो, धातु, पानी र माटोसँग मिलेर तत्वहरुको प्रभाव भिन्दा भिन्दै हुन्छ । यी पाँच तत्वहरुको पनि प्रत्येकको ‘यीङ र याङ’ अर्थात् ‘याब युम’ (पुरुष र स्त्री) हुन्छ । चिनियाहरुको मतअनुसार ‘काठ’ तत्वले सृजनशरुल र कल्पना गर्नसक्ने, ‘आगो’ तत्वले परम्परावादी, ‘धातु’ तत्वले बाध्यातकम, ‘पानी’ तत्वले चेतक, चेतनामुखी र ‘माटो’ तत्वले स्थायी, दृढसंकल्पी वयक्तित्वको रुपमा विश्वास गर्दछन् । खाम बाहेक चिनिया ज्योतिषशास्त्रमा आठवटा पार्खहरुले पनि महत्व राख्दछ । त्यसै गरी नेपाल तामाङ्ग घेदुङ, सिक्किम तामाङ्ग बौद्ध संघ, अखिल भारतिय तामाङ्ग बौद्ध संघहरुले बर्सेनी मनाउँदै आइरहेको ल्होछार वा ल्होछारको तिथि र मिति पनि यहि नै दिनमा पर्छ । (हेर्नुहोस् (Chinese Astrology and lunar Calendar) ल्होकोर च्युअीङीको नाम कसरी रह्यो ? ल्होकोर चयुअङी अर्थात् १२ वटा वर्षहरुले नामाकरण कसरी हुन गयो भन्ने सम्बन्धमा यो परम्पराको सबैभनदा पुरानो परम्परा भएको चिनियाहरु पनि स्पष्ट देखिदैन र पनि उनीहरुमा विभिन्न कथनहरु पाइन्छ तर अरु समुदायमा हाल सम्म कुनै प्रकारको कथनहरु सुन्नमा आएको छैन । तर चिनियाहरुमा भने दुई प्रकारका मतहरु पाइएको छ । तर चीनमा प्रच्लित १२ वर्षको नामसँग चिनियाहरुको जतिको पूर्णरुपमा खगोल र ज्योतिषशास्त्रसँग ठ्याक्कै मेल खाने ल्होकोर परम्परा नभएका तर अवशेष मात्र रहेका नेपालका केही समुदाय र भियतनीहरुमा १२ वर्षलाई प्रतिनिधित्व गर्ने जीवजन्तुहको नामक्रममा एक दुईवटा भिन्न छ । (क) संसारको सम्पूर्ण प्राणीहरुलाई भगवान बुद्धले परिनिर्वाण हुनु पूर्व भेला हुन निम्त्याउनुभएको थियो । निम्तो मान्न भेला भएका प्राणीहरुमध्ये १२ प्राणीहरुलाई डाकेर उनीहरुलाई भगवान बुद्ध सामु सबैभन्दा पहिले आइपुग्नेको नामबाट क्रमशः एक एकलाई एउटा वर्ष गरी नामाकरण गर्नुभएको थियो । (ख) जाड बादशाहले एकपटक सबैभन्दा छिटो कुन प्राणी रहेछ भन्ने थाहा पाउन एउटा प्रतियोगिताको आयोेजना गरेका थिए । बादशाहले, तोकिएको नदी पार गर्ने (तर्न सक्ने) प्रथम १२ प्राणीहरुलाई धर्तीको १२ हाँगाको रुपमा चनद्र पात्रोको वर्ष चक्रमा समावेश गर्ने निधो गरेका थिए । यो प्रतियोगितामा गोरुले पौडन कमजोर विरालो तथा मुसालाई आफ्नो ढाडमा (आङमा) बोकेर खोला तारी प्रतियोगितामा सहयोग गर्ने बाचा गरेका थिए । नदी बीचमा पुगेपछि मुसाले विरोलोलाई धकेली दिए र आफू भने खोला तरिसकेछि आफ्नो ढाडामा मुसा फुत्त उफ्रेर पहिला भए र विरालोले प्रथम हुने १२ प्राणीहरुमा पर्ने मौका गुमायो । मुसा पहिला भएकाले वर्ष चक्रमा पहिलोमा, दोस्रोमा गोरु परे” भन्ने उल्लेख गरिएको छ । (ग) ल्हो –खोर्लोमा चिनिया परम्परामा बाहेक भियतनाम, नेपालमा तामाङ्ग र गुरुङ्गहरुमा खरायो वर्षलाई विरालो वर्षको रुपमा पनि गणना गर्ने चलन छ । तर सरकारी स्तरमा नै सयौं वर्षदेखि प्रचलनमा रहेको मुख्य भूमि चीन र स्वशासित क्षेत्र तिब्बतमा भने १२ वर्षलाई प्रतिनिधित्व गर्ने जीवजन्तुको नाममा खासै भिन्नता छैन । तामाङ्ग जातिमा ल्होछार परम्परा चन्द्र वर्षको चन्द्र महिनालाई तामाङ्ग भाषामा ‘खे्रला’ भनिन्छ । चन्द्र महिनाको पहिलो दिन नै तामाङ्गहरुको वर्षरम्भको दिन हो । १२ औं चन्द्रमहिना ‘तापाला’ दोप्पा सकेर ‘खे्रला छेपा गी’ नयाँ चन्द्रमा उदाउने दिन ९ल्भध ःययल० बाट ल्हो (वर्ष) फेर्दछ । यो महिना सौर्य पात्रोअनुसार पुस÷माघ शुक्लपक्ष प्रतिपदा परेवाको दिन पर्दछ । यही दिनदेखि चीनमा पनि चिनिया चनद्र वर्षको चन्द्र महिनाको पहिलो दिन अर्थात् चिनिया चन्द्र वर्षको चन्द्र महिनाको पहिलो दिन अर्थात् चिनिया चन्द्र नयाँवर्ष आरम्भ हुन्छ । यो विश्वभर प्रचलित पाँच तत्वहरुको संयोजन रहेको १२ वटा जिवजन्तु र पन्छीहरुको नाममा आधारित ल्होखोर्लो (वर्षचक्र) परम्परा जो चन्द्रपात्रो परम्परामा आधारित छ । तामाङ्गहरुले सदियौंदेखि नै यहि ‘ल्होखोर्लो’ वर्षचक्रको आधारमा नै आफ्नो उमेरको गन्ति गर्ने, कति वर्ष भयो ? भनेर गणना गरी आएको थियो । तामाङ्गहरुको वर्तमान भूगोलमा आफ्नो राज्यसत्ता नरहेपछि झण्डै अढाई सय वर्षदेखि यो परमपरा कथ्यमा मात्र सिमित हुँदै गए र तामाङ्गहरुले आज २१ औं शताब्दी सम्म आइपुग्दा आफ्नो लिखित ज्योतिषशास्त्र र पात्रोको अभावमा, यो ऐतिहासिक वर्ष चक्रपरम्परालाई नेपाली माघ महिनातिर फेर्दछ भन्ने सम्झनालाई लगातार सन् १९९० को दशकसम्म आइपुग्ने गरी मौखिक र कथ्य रुपमा भए पनि साँचेर राख्न सफल भए । तर आज समयले कोल्टे फरिसकेको छ । माघमा ल्हो फेर्छ भन्ने पुरानो मान्यता वैज्ञानिक रुपमा पुष्टि भइसकेको छ । किनभने तामाङ्गहरुको कमघमा ल्हो फेर्छ भन्ने त्यो मान्यतासँग चिनिया ज्योतिष तथा चन्द्रपात्रो परम्पराको वर्ष फेर्ने दिन ठ्याक्कै मेल खान्छ । चिनिया ज्योतिषशास्त्र र परम्परागत चन्द्र वर्षचक्र प्रणालीको प्रथम चन्द्र महिनाको प्रथम दिन वा वर्ष फेरिने दिनले नेपाली माघ महिनासँग सरोकार राख्दछ अर्थात् चन्द्र नयाँवर्षको पहिलो महिनाको पहिलो दिन जसलाई ज्योतिषशास्त्र वा खगोलशास्त्रको भाषामा माघ शुक्ल पक्ष प्रतिपदा परेवा वा तामाङ्ग भाषामा “ख्रेला छेपा गी” भनिन्छ । भारतीय सूर्य पात्रोमा माघ महिना दशौं सूर्य महिना हो र माघ शुक्ल पक्ष प्रतिपदा परेवाबाट सुरु हुने दिन वा महिना चन्द्र महिना हो । तसर्थ तामाङ्गहरुले माघमा ल्हो फेर्छ भन्ने मान्यता सत्य हो । माघशुक्लपक्ष प्रतिपदाबाट शुरु हुने चन्द्र महिना अर्थात् ‘ख्रेला’ एसियाली तथा चिनिया चन्द्र वर्ष परम्पराको पहिलो चन्द्र महिना हो । तामाङ्ग भाषामा ‘छेपा’ को अर्थ महिना वा तिथि ९म्बतभ० आरम्भ या प्रारम्भ वा सुरुवात हो र ‘गी’ को अर्थ प्रथम वा पहिलो वा गन्तिको आरम्भ हो । तयसरी नै चन्द्र महिनाको अन्तिम दिन औंसी हो जसलाई तामाङ्ग भाषामा “दोप्पा” भनिन्छ । ‘दोप्पा’ को अर्थ निस्पट अँधेरो वा ‘लाङी दोवा” चन्द्रामा फर्कनु हुन्छ । अर्थात कालो या नराम्रो दिनहरु सकेर राम्रो जुनेली दिनहरुको (New Moon Day or starting of new Month) हो । यो वर्ष प्रणालीमा वर्षहरुलाई वर्षचक्र –ल्होखोर्लाे) मा १२ जीवजन्तुहरुको नामबाट पुकारिन्छ । जसको तामाङ्ग नामाकरण क्रमशः १) मुसा (ङ्याम्ङ्यु÷नाम्युङ), २) गोरु (ग्लाप), ३) बाघ (च्यान), ४) खरायो÷विरालो (खरा÷तावर), ५) गरुड (मु–पुख्री), ६) सर्प (सा–पुख्री), ७) घोडा (ताबु÷ता), ८) भँेडा (थ्यु), ९) बाँदर (माकार÷तीम्ङ्यु), १०) पन्छी (नामे÷ङयाम्ङ्या÷नाका), ११) कुकुर (नाकी), १२) बँदेल (डोवा÷तीली) रहेको हुन्छ । यसलाई १२ वर्षचक्र “ल्होकोर च्युनी वा ल्होखोर च्युअीङी” भनिन्छ । यो ल्होकोर च्युङीसँग अगाढ सम्बन्ध राख्ने पाँच तत्वहरु अर्थात् ‘खाम– ङा’ तामाङ्ग भाषामा क) सीङ (Wood), ख) मे (Fire) ग) सा (Earth) घ) फाअी (Iron) र ङ) क्युअी (Water) हुन् । यी खामहरुको पनि दुई प्रभाव ‘याब र युम’ पुरुष र स्त्री हुन्छ । यो पाँच खाम चक्रले एउटा १२ वर्ष चक्र पुरा गर्दा ६० वर्ष, एक राब्ज्युङ ल्होकोर अर्थात् बृहस्पति वर्षचक्र पूरा हुन्छ । यसैलाई एक सम्वत् भनिन्छ । तामाङ्ग भाषामा चन्द्रमालाई ‘लनी या लाङ’ भनिन्छ । चन्द्रमा ‘लानी’ बाटै तामाङ्ग भाषामा ‘महिना’ लाई “ला” भनिएको हो । वर्षहरुको जस्तै १२ चन्द्र महिनाहरुको तामाङ्ग भाषामा नाम यसप्रकार छ । १२ चन्द्र महिनाहरुको नाम क्रमशः १) ख्रेला (पुस÷माघ), २) बेनेला (माघ÷फागुन), ३) नाम्दुङला (फागुन÷चैत्र), ४) दुगुला (चैत्र÷वैशाख), ५) डोवाफ्रेला (वैशाख÷जेष्ठ), ६) ब्याल्बोला (जेष्ठ÷असार), ७) गोनेला (असार÷श्रावण), ८) यान्देला (साउन÷भदौ), ९) म्हेनीङला (भदौ÷असोज), १०) सोकरातीला (असाज÷कात्र्तिक), ११) बोअीतापाला (कात्र्तिक÷मंसिर), १२) तापाला (मंसिर÷पुस) हुन् । त्यसैले तामाङ्गहरुको प्रच्लनमा रहेको ‘ल्होखोर्लो’ लाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ऐतिहासिक खगोलशास्त्रीय तथा ज्योतिषशास्त्रीय मान्यताका आधारहरुसँग तुलना गरेर हेर्ने हो भने सौर्य पात्रोको आधारमा सृजना भएको माघे संक्रन्ति –दशौं सूर्य महिना माघ १ गते) हाम्रो ल्हो फर्ने दिन होइन । तामाङ्गहरु “ल्होछार पर्व” मा “ल्होछार पर्व” अन्तर्राष्ट्रिय रुपमा “माघ शुक्लपक्ष प्रतिपदा” –चन्द्रमाघ महिना) को पहिलो परे पनि मनाउने तरिका देशैपिच्छे र समुदायको सांस्कृतिक परम्परा अनुसार भिन्ना भिन्न पाइन्छ । यस्तो भिन्नता भूगोल, वस्तु –उत्पादन र उपलब्धता, त्यो देशको बजारव्यवस्था र अर्थतन्त्र तथा सांस्कृतिक नीतिका कारणले पनि भएका छन् । तापनि “ल्होछार” मान्ने पद्धतिलाई समग्रमा तीन भागमा बाँडेर अध्ययन गर्न सकिन्छ । साँस्कृतिक चाड ल्होछारलाई नेपालको नेपाल तामाङ्ग घेदुङ, भारतका अखिल भारतिय तामाङ्ग बौद्ध संघ र सिक्किम तामाङ्ग बौद्ध संघले प्रथम चन्द्र महिनाको प्रथम दिन ख्रेला छेपा गी –परेवा) देखि पञ्चमी (श्रीपञ्चमी) का दिनसम्म बडो धुमधामले मनाउने निर्णय गरेको कुरा उपरोक्त तामाङ्ग संघहरुले ल्होछार सम्बन्धमा प्रकशन गरेको अपिलहरुमा उल्लेख छ । जसअनुसार नेपाल तामाङ्ग घेदुङले पानी पुरुष घोडा वर्षमा प्रकाशन गरेको पर्चामा निम्नानुसार ल्होछार मनाउने तरीकाको उल्लेख गरिएको छ । ती हुन् –पूर्व तायारी ९एचभउबचबतष्यल०, ल्होछारको पूर्वसन्ध्या (Lhochhar Eve), र ल्होछारको दिन (First day of Lhochhar) १) ल्होछारको पूर्व तयारी (Preparation) M सामान्यतष्या ल्होछार आउनुभन्दा एक महिना अगावै “ल्होछार” को तयारी शुरुवात हुन्छ । नयाँ वर्ष लाग्नुभन्दा पहिले “नसकिएका” कामहरु सम्पन्न गर्ने, अप्रीय घटनाहरु नदाहोरिउन् भनी कर्मकाण्ड गर्ने गर्दछन् । तसर्थ ुिरानो वाषर््को १२ औं महिनाको अन्तिम दिनहरुमा गाउँ टोल, बाटोघाटो, आँगन, चौतारा, पानी पधेँरो, गोठ आदि मर्मत, सफासुग्घर र लिपपोत गर्दछन् । खानापिनाका लागि आवश्यक सामग्रीहरु सामल, अन्नपात, आलु, भ्याकुर, तरुल आदि फलफूलहरु, कन्दमुल र पूजाका सामग्रीहरु तयार गर्दछन् । अन्तिम दिनमा, हरेक परिवारले ल्होछारको दिन कुलदेवताको थान वा देवीदेवताको थान मा आगामी वर्ष राम्रो खेती बालिनाली होस् भनी प्रार्थना गर्नका लागि बीउबीजमा पानीमा भिजाई टुसा आउने पार्दछन् । २) ल्होछारको पूर्व सन्ध्या (Lhochhar Eve): पुरानो वर्षको अन्तिम दिन मानिसहरु बत्ति बाल्नु तथा चढाउनुका लागि गुम्बाहरुमा जान्छन् र दिउसो संचलन हुने उत्सवहरुमा भाग लिन्छन् । धेरै कर्मकाण्डहरु खराव वा मार वा अमकुशल प्रेतात्मा वा लामाहरुले मारमाथि सत्यको विजय देखाउने खालका मकुण्डो नाच देखाउने गर्दछन् हरेक व्यक्तिले ल्होछारको पूर्वसन्ध्यालाई पूरानो वर्षबाट बाधा विरोध दिने, चिताएको कुरा पूरा हुन नदिने, रोगब्याधी आदि खराब वा मारलाई दमन गर्ने र त्यस खराबम ारबाट नयाँ वर्षलाई मुक्त गर्ने अवसरका रुपमा हेर्दछन् । सामान्यतया ः ल्होछारको पूर्व सन्ध्यामा निम्न कार्यहरु गर्दछन् । क) आ– आफ्नो थर, कुल र वशंको परम्पराअनुसार कुलपूजा गर्ने र परिवारमा सुखशान्ति, समृद्धि र स्वास्थय लाभको लागि पितृहरुबाट आर्शिवाद तथा शक्ति माग्ने । ख) फिर्ने ल्होको मानिस भएमा उसको ग्रह चल्छ भन्ने मानिन्छ । त्यसैले ल्हो खोर्लो बनाएर ग्रहदशा फाल्ने । ग) अगामी वर्षमा अन्नबाली राम्रो होस् भनी डालोमा बीउविजन राख्ने तथा टुसा आएको बिउबिजन राखी पूजा पाठ गर्ने । घ) परिवारका सबै सदस्यहरु भेलाभई भोज खाने, आतासवाजी गर्ने, मनोरत्तजनात्मक नाचगान तथा रमाइलो ठट्टा गरी नयाँ वर्षको प्रारम्भ नभएसम्म बस्ने । ङ) अँध्यारोलाई उज्यालोले हटाए जस्तै परिवारमा सँधै उजयलो र खुसियाली आओस् भनी बेलुका बालेको बत्ती रातभर बाली राख्ने वा आकाश बत्ती बनाएर घर –अाँगनमा रातभर बाली राख्ने । ३) ल्होछारको दिन (Lhochhar's Day) २८३८ औं ताग ल्होछारको पहिलो दिन अर्थात् २०५८ फागुन १ गते बसन्त ऋतु शुरु हुन्छ । त्यसैले कतिपय ठाउँमा यो वर्षलाई बसन्त पर्व ९क्उचष्लन ँभकतष्खब०ि का रुपमा मनाउने चलन छ । उक्त दिन मूलतः निम्न कार्यहरु सम्पन्न गरिन्छन्ः क) छो चढाउनेः ल्होछारको दिन घरमुली, घरको जेठोबाठो वा घरको अन्य कुनै सदस्यले सबेरै नुहाएर सफा भएर आफ्नो घरमा भएको लाखाङ वा छ्योयीखाङ र सो नभएमा भगवान गौतम बुद्धको कु वा तस्वीर राखी चोखो पानी, साङ छमार वा फेमार दुची (दुअीछ्यु) तथा छो (फलफूल, कन्दमुल, (आलु÷भ्याकुर÷तरुल, खाप्से गेङ, बाबर गेङ, आदि) पकवानहरु राखी साङसेरग्याम गर्ने । भगवान तथा पूर्खाहरुप्रति धन्यवाद ज्ञापन गर्ने र पर्याप्त खान, लाउन, बस्न तथा धनधान्य, समृद्ध परिवारको लागि आर्शिवाद माग्ने । पूजामा चढाएको “छो” दुअी, फेमर आदिले पाहुनाहरुलाई नयाँ वर्षको सगुन तथा प्रसादको रुपमा स्वागत र्ने । ख) दर्जु उठाउने ः नयाँ ल्हो को आगमनले (ल्होछार) ले दर्जु उठाउने नयाँ ल्हो को आगमनले –ल्होछार) ले समस्त जगतकै प्राणाीहरुको रक्षा एवं कल्याण गरुन् भनी मंगलमय कामना स्वरुप ल्होछारको प्रतिकको रुपमा घर आँगन तथा गाउँ वरिपरिका डाँडाहरुमा, गुम्बा, मठ– मनिदरहरुमा लुङदर÷दाज्र्यु गाड्छन् । फहराउँछन् । यो वर्ष ल्होछारको दिन विहान ७ ः०० –१०ः०० बजेसम्म दर्जु ठड्याउने राम्रो साइत परेको छ । लामालाई आफ्नो ल्हो अनुसार ची –पात्रो) हेराई भनेअनुसारको दर्जु राख्न सकिन्छ । लामा नभएमा पाँचै रङ्गको दर्जु राखे हुन्छ । त्यसो पनि नभेटेमा आकाशे रङ्गको दर्जु राख्नु राम्रो हुन्छ । उक्त दिन दर्जु नराखेमा बसन्त पञ्चमीको दिन विहान सबेरै दर्जु उठाउनु राम्रो हुन्छ । दर्जुसँगै धुपबत्ती बाल्ने र केम (स्याल्गर) चढाउने गरिन्छ । पहिलो दिन दर्जु राख्नु सकिन्छ । ग) आर्शिवाद तथा शुभकामना दिने–लिने ः पूजा आजा सकेपछि सुख, शान्ति निरोगिता र दीर्घायुको लागि सबै सदस्यहरुलाई परिवारको ज्येष्ठ व्यक्तिबाट टीका तथा खाता आर्शिवाद स्वरुप दिने र सानो साइनोकोले आफूभन्दा ठूलालाई पनि ढोग, खादा चढाई वा उपहार दिई सुख शान्तिको कामना गर्ने । भोजभत्तेर खाने । साथीसंँगीसाग मिलेर केम लिने, रमाइलो गर्ने तथा तीर खेल्नु जाने । साथै, आफूले मान्नु पर्ने व्यक्तिहरुका आशिृवाद लिनु जाने र आफू कहाँ आउने पाहुनालाई पनि स्वागत गर्ने । माघे संक्रान्तिमा गरि आएको सबै काम यस दिन गर्ने । पहिलो दिन वा पञ्चमी भित्रमा ल्होछारको उपलक्ष्यमा सामुहिक समारोह गर्ने र सो समारोहमा संयुक्त रुपमा धर्जु उठाई सबैले “ल्ह ग्वले दुद् फाम्मो” (देवताको जीत मारको हार) भनी खुशीयाली स्वरुप चम्बा आकाशमा उडाई हर्ष बढाई गर्ने र तयसपछि शुभकामना आदान प्रदान गर्ने । ४) ल्होछार पश्चात् (Past Lhochhar): ल्होछार उत्सवलाई हर्षोल्लासपूर्वक सम्पन्न गर्न मान्यजन, नातागोता, कुल कुटुम्बा, इष्टमित्र लगायत सबै साथीसँगीहरुलाई भेटघाट गरी खादा सहित शुभकामना आर्शीवाद आदान प्रदानका साथै आफ्नो गच्छे अनुसार आलोपालो गरी इष्टमित्र कहाँ जाने, चेलिवेटी बोलाउने र खानपिन गर्ने । खानपिन आदान प्रदान गर्ने । यो क्रम प्रतिपदादेखि पञ्चमी अर्थात् बसन्त पञ्चमीमा साना बाबुनानीहरुलाई पठनपाठन गराएमा छिटो सिक्ने भन्ने विश्वास भएकोले शिक्षा आरम्भ गराउने । आउँदो वर्षभरीको अन्नबाली राम्रो र सफल होस् भनी भूमीपूजा, मंगलपूजा, प्रीतिभोज, वनभोज तथा साँस्कृतिक कार्यक्रम आलिको आयोजना गरी मैत्री एवं भावनात्मक रुपमा हर्षोल्लासपूर्ण वातावरणमा ल्होछारपर्वको समापन समारोह आयोजना गर्ने । साथै, यसरी चाडपर्व मनाउँदा आफ्नो मान्यता परम्पराको पालना गर्ने तर आर्थिक रुपमा बोझा नपर्ने गरी हर्ष बढाईका साथ मनाउनु हुन पनि अनुरोध गरिएको छ । तामाङ्गहरुको ल्होछार विशेष खाद्य परिकारहरु ः क) दुची (दुईचे) बनाउदा चाहिने बस्तुहरु १. ङारमसु (गुलियो तीन्) चिनी, सख्खर, मह । २. कारसुम (सेतोतीन) दुध, दही, नौनी, घिउ । ३. सेरसाङ (पवित्र रत्न) फलाम, तामा, सुन र चाँदी पखालेको पानी । यी चिज मिसाई बनाएको तरललाई दुच) (दुईचे) भनिन्छ । ख) छेमार (फेम्बेर) माथि बनिएको दुईचे (दुची) आधा भागचाँही दुईचे (दुचीकै रुपमा प्रयोग गर्न राख्ने र आधा दुईचे (दुची मा मकै, गहुँ, चामल, कुनै एकको सातुमा मिलाई बनाएको खाद्य पदार्थलाई छेमार (फेम्बर) भनिन्छ । ग) खाप्से ः गहुँ, जौ, चामल वा त्यस्तै अन्न्को पीठोलाई चिनी र घिउसँग मोली मुछिएको पीठोलाई विभिन्न आकृतिमा काटेर घिउमा पकाएको परिकारहरु ।घ) बाल्डु ः सकेसम्म तीते फापर तथा फापर वा सेतो कोदोकोपीठोबाट बनाएर पानीमा पकाएका विभिन्न आकृतिका परिकारहरु । ङ) आलुम ः गहुँ वा कोदोको पानी रोटी । च) बाबर ः कुल पूजा चढाउँदा गर्ने सादा बाबरहरु । छ) कन्दमूल ः सबै प्रकारका तरुल, भ्याकुरहरु र विशेष बनतरुल । ज) फलफूल झ) माछा, मासु । ञ) गथुग्पा ः नौ थोक मिसाएर बनाएको खानलाई गथुग्पा भनिन्छ । गथुग्पासँगै भाग्य चिन्ने शुभ चिन्ह वा प्राणीहरुको संकेतहरु राखेको मिष्ठान वा खाद्यन्न राख्ने चलन तिब्बती तथा चिनियाहरुमा पनि पाइन्छ । सोनाम, ग्याल्बो ल्होछार वा लोसार, भिन्नताको भ्रम बारे ः ल्होछार वा लोसारको बारेमा जानी सकेपछि यो चाड मनाउनेहरुबीच किन समय अन्तर भयो भन्ने जिज्ञासा उठ्नु स्वभाविक नै हो । यो ल्होछार परम्परा मुख्यतया चिनिया सभ्यताकै उपज भएकाले समान्य चिनिया तथा तिब्बतीहरुको खगोल शास्त्रीय मान्यता, पात्रो परम्पराको विकास र ज्योतिषशास्त्रको इतिहास र उत्पति बारेमा थोरै भएपनि जान्नु पर्ने हुन्छ । तसर्थ यहाँ सार प्रस्तु गर्ने जमर्को गरिएको छ । तिब्बती ज्योतिष तथा खगोलशास्त्रको इतिहास सार ः तिब्बतीमा दुई प्रकारका पात्रो परम्पराको प्रचलन रहेको पाइन्५ । ती हुन् । “ज्युङची” (Elemental Astrology) र “कार ची” (Astronomy) यो पात्रो परम्परा तिब्बतीहरुले चीन, भारत, पर्सीया, ग्रीस लगायतको देशहरुबाट आयात गरिएको इतिहासमा पाइन्छ । तिब्बतमा चिनिया चन्द्र वर्ष परम्पराले दोस्रो शताब्दीमा तिब्बतीका प्रथम राजा ‘ङ्याखारि छेन्पो (gNya-kha Tri-bsten –po -2nd centurary B.C) को समयमा प्रवेश पाएको हो । यो भन्दा पहिले तिब्तीहरुमा पाँच भौतिक तत्वहरुको आधारमा ज्योतिष हेर्ने परम्परा थियो जो बोन धर्म तथा प्रकृति पूजकहरुले कालो र सेतो तान्त्रिक प्रणालीमा आधारित थियो, जसमा प्राणी बली दिइन्थ्यो । वास्तवमा चौथो शताब्दीमा तिब्बतमा बौद्धधर्मको व्यापक विकास भएपछि मात्र हालको ज्योतिष तथा खगोलशास्त्रले तिब्बतमा विकास हुने राम्रो अवसर मिलेको हो । यही समयमा तिब्बतको नवौं राजा Pude Gungyal को शासनकालमा बोन परम्परादेखि चलिआएको winter सिजनमा नराम्राहरुलाई त्याग्ने, आध्यात्मिक रक्षाका निम्ती ठूलो परिमाण धुप बालेर जुन उत्सव मनाइन्थ्यो । त्यो उत्सव एकजना महिलाले समय अर्थात् काललाई चन्द्रमाको गतिको आधारमा निर्धारण गरिने परम्परालाई BLEMA (rgad-mo- bal –ma) नामाकरण गरिएदेखि (खुर्पानीको फुल खेल्ने बसन्तऋतुको आगमन ताका) मनाइने किसानहरुको पहिलो महत्वपूर्ण यो उत्सव लोसारको रुपमा परिणत भएको थियो । त्यसपछि पनि तिब्बतका राजा Srong b Tsan sGam po ले छैटौं शताब्दीमा चारजना प्रतिभाशाली विद्धानहरुलाई चीनमा ज्योतिष तथा खगोलशास्त्रको अध्ययन गर्न पठाएका थिए । यो क्रम निरन्तर जारी रहेको देखिन्छ र छैठौं शताब्दीका तिब्बती राजकुमारले विवाह गरेका पाँचौं रानी, चिनिया राजकुमारले चीनबाट चिनिया खगोशास्त्र र ज्योतिषशास्त्रका पुस्तकहरु आफ्नो साथमा ल्याएका थिए । त्यसै खगोलशास्त्रीय चिनिया परम्पराको प्रभावले तिब्बतमा खगोलशास्त्र तथा ज्योतिषशास्त्रमा नयाँ आयाम थपेको थियो र त्यसरी नै सातौं शताब्दीमा तिब्बती राजा gNamri Srong Tsan को पालामा पनि तिब्बतमा खगोल तथा ज्योतिषशास्त्रको द्रुतगतिमा विकास भएको पाइन्छ । तयसको आठौं शताब्दीमा पुगेर तिब्बतमा ज्योतिषशास्त्रले ‘स्वर्णयुग’ GOLDENAGE को रुपधारण गरी इतिहास कायम गरि दियो । सन् १०२७ अग्नी खरायो वर्षपछि बौद्ध दर्शनको “श्रकालाचक्र तन्त्र” को मुख्य तिनखण्डको आधारभूत अनुवाद संस्कृति भाषाबाट तिब्बति भाषामा लगेपछि तिब्बती पात्रो कालाचक्र (सौर्य) नयाँ वर्ष परम्पराअनुसार तिब्बती तेस्रो महिना –बोअी दावा सुम्पा) देखि प्रारम्भ भएको तिब्बती पात्रोको प्रचलन आरम्भ भयो । यसै बेलादेखि तिब्बती चन्द्र पात्रोको तिथिमा घढबढको भिन्नता तथा चन्द्र मलमास वर्ष जोड्ने कुरा अरु पात्रोहरुमा भन्दा भिन्न रहन गएको पाइन्छ । जो दाथो वा लोथो –पात्रो) यद्यपी तिब्बती प्रचलनमा छ । यही खगोलशास्त्र तथा ज्योतिषपरम्परा दशौं शताब्दीमा पुगेपछि शिथिल भयो । पछि बल्ल सत्रौं शताब्दीमा पुगेर पाँचौं दलाई लामा “ङावाङ लोब्साङ ग्यासो” को शासनकालदेखि मात्र पून ः राजकीय रुपमा मान्यता पाएको थियो । यसै परम्परालाई वर्तमान दलाई लामा ‘दे ठी यीस्ये साङग्ये ग्यासो’ ले निरन्तरता दिइरहेको छ । तिब्बतीहरुले नववर्ष उत्सव र धार्मिक कर्मकाण्डहरुले यही तिब्बती चन्द्रपात्रोकै आधारम ागर्ने गरिन्छ । सोनाम ल्होछार वा ग्याल्बु लोसार एउटै भएर पनि भिन्नता किन ? तिब्बती चन्द्रपात्रो र ग्रगोरियन पश्चिमी पात्रो र भारतीय पात्रोमा सामान्य भिन्नता छ । त्यो भिन्नता भनेको तिब्बती पात्रोमा जम्मा वर्षभरिमा ३६० दिनमात्र हुन्छ । तिब्बती ‘लोसार’ नेपालमा प्रत्येक वर्ष चन्द्र महिनाअनुसार फागुन शुक्लपक्ष प्रतिपदाको दिन पर्दछ । तर प्रत्येक तीन वर्षमा एक पटक तिब्बती ‘लोसार’ को त्यो दिन माघ शुक्ल पक्ष प्रतिपदाको दिन एकै दिनमा नै पर्ने गर्दछ । किनभने तिब्बती पात्रोमा लोप हुने चन्द्र दिन र वृद्धि हुने चन्द्र दिन अर्थात् तिथि नेपाल, भारतलगायत अन्य समुदायहरुमा प्रचलित परम्पराभन्दा भिन्दै छ । त्यसै गरी चन्द्रमासको आधारमा निर्धारण गरिने अधिकमास वर्ष ९(Lunar Leap Year) हामी कहाँ भन्दा एक वर्ष पछि मात्र हुन्छ । यही अन्तरले चिनिया तथा नेपालका तामाङ्ग ह्योल्मो जातिहरुले मनाउने ल्होछारको परम्मरा, प्रकृति, स्वरुप र ऐतिहासिक मूल्य र मान्यता एउटै भएता पनि तिथि र मितिमा अन्तर आएको हो । यो अन्तर तिब्बतमा कालचक्र तन्त्र मुताविकको पात्रो प्रवेश भउदेखि मात्र भएको हो । यो कुरा Tibetan Astronomy Astrology, a bref introduction नामक वर्तमान तिब्बती निर्वासित सरकारको खगोल तथा ज्योतिषशास्त्र विभागद्धारा प्रकाशित पुस्तकको पेज नं. १४ दोस्रो अनुच्छेदमा लेखिएको छ ।) “त्यसकारण तिब्बतीहरुले मान्ने चन्द्र नयाँवर्ष लोसार र अन्य चिनिया परम्परागत चन्द्र नयाँवर्ष ल्होछार परम्रामा भिन्नता देखिएको हो । यही कारणले गर्दा एउटै ऐतिहासिक आधार मूल्य र मान्यता भएको भएतापनि तामाङ्ग, ह्योल्मो, चिनियाहरुले मनाउने र तिब्बती, शेर्पाहरुले मनाउने ल्होछार वा लोसामा भिन्नता हुन गएको हो । यो कुरा स्पष्ट हुनको लागि सन् २००६ र २००७ को तिब्बती (दलाई लामाको सरकारको आधिकारिक पात्रो) र अन्य चीन, भारतीय या नेपालमा प्रचलित चन्द्रपात्रोको अधिकमास वर्षका अन्तरका आधारलाई विश्लेषण गरी हेरेमा स्पष्ट हुनेछ । प्रत्येक अढाई वर्षम चन्द्रपात्रोमा जोडिने चन्द्र अधिकमास वर्ष) तिब्बतमा प्रचलित चन्द्रपात्रो र नेपाल लगायत बाँकी विब्वमा प्रच्लनमा रहेको चन्द्रपात्रोमा एक वर्ष फरक पारी जोड्ने परम्पराले गर्दा एउटै मूल्य मान्यतार उत्पत्ति र इतिहास भएका ल्होछर वा लोसारको फरक –फरक ढङ्गले यसको ऐतिहासिकता, महत्व र विशेषतालाई नै ओझेलमा पर्ने गरि, सोनाम, ग्याल्बु र तोला भन्ने भिन्नता सृजना भएको हो । नेपाली पात्रोको माघ शुक्लपक्ष प्रतिपदा परेवा अर्थात् प्रथमचन्द्र महिनाको प्रथम दिन (१२ जीवहरुको वर्ष चक्रको आधारमा फेरिने) ल्होछारको तिथि प्रत्येक दुई वर्षमा एकपटकसँगै र एकपटक एक महिनाको अघिपछि पर्ने गर्दछ र सन् २००७ मा हाम्रो पात्रोमा अधिकमासकै कारण हाम्रो चन्द्र महिना बढेर १३ महिना र तिब्बतीको १२ मात्र छ । फेरी यसपाली सन् २००८ मा सोनाम र ग्याल्बु भनिएका उनीहरुको र हाम्रो ल्होछार एकैदिन परेको छ र तर २००८ को फेरी तिब्बती पात्रोमा अधिकमास जोडिनाले तिब्बती पात्रो (दोस्रो वा लोथो) मा चन्द्रमहिना १३ भएमो छ । (हेर्नुहोस सन् २००८ को तिब्बती पात्रो) । हाम्रो चन्द्र पात्रोमा भने १२ वटा मात्र छ । चन्द्र महिनामा । त्यसैले ल्होछारको मितिमा पुन ः सन् २००९ मा एक महिनाको फरक परेको छ र सो सन् २००९ लाङ ल्होमा यही पात्रोमा जोडिन अधिकमास भिन्नताको कारण ल्होछार मात्र होइन बुद्धपूर्णिमा बैशाख पूर्णिमा ‘सागादावा’ पनि यसरी नै तिब्बतीहरुको प्रत्येक दुई वर्षमा एकपटक खास बैशाख पूर्णिमाका दिलनमा पर्दछ । अन्य दुई वर्ष तिब्बतीहरुले ल्होछार फागुन शुक्लपक्ष प्रतिपदा र र बुद्धपूर्णिमा (सागादावा– बैशाखपूर्णिमा) जेष्ठ पूर्णिमाका दिन पर्ने गर्दछ । त्यसकारण ल्होछार पनि ग्यल्बु र सोनाम ल्होछार वा लोसार एउटै हो । फरक होइन यो त सन् १०२७ अग्नी खरायो वर्षमा तिब्बतमा पुगेका भारतीय कालचक्र तन्त्र प्रणालीय पात्रो परम्परा (कारची) को कारण भिन्न् भएको तिब्बती पात्रो परम्पराको उपज मात्र हो । होइन भने तामाङ्ग लगायत चिनियामूलका सबैले तत्वीय खगोलशास्त्रलाई विगत पाँच हजार वर्षदेखि निरतर मानिआएको र जीवन्त चलिआएको वर्ष गणना प्रणालीमा आधारित पात्रो परम्परा र नयाँ वर्ष (ल्होछार नै तिब्बती लोसार ल्हो फेरिने दिन हो । यसरी तिब्बती लोसार र चिनिया तथा तामाङ्ग, योल्मोहरुले मनाउँदै आएको लोसार÷ल्होछार प्रत्येक अधिकमासमा एकपटक एउटै तिथिका दिन पर्ने गर्दछ । यदि तिब्बती पात्रोमा थपिने अधिकमास वर्ष (Lunar Leap Year) र बाँकी अन्य प्रचलित पात्रोमा पर्ने अधिकामास वर्ष पात्रोमा जोड्दा एउटै वर्षमा जोड्ने वा अधिमास वर्ष मा एक रुपता आएको भए कथित् ‘सोनाम’ र ‘ग्याल्बो’ ल्होछार भन्ने भ्रम फैलिने थिएन । यसप्रकार तिब्बती तथा अन्य चनद्र परम्पराको भिन्नताका कारण नेपालमा तामाङ्ग तथा ह्याल्मो जातिले मनाउने र तिब्बती, शेर्पा जातिले मनाउने ल्होछार वा लोसारको मितिमा भिन्नता आएको हो । यही मितिले गर्दा एउटै पर्यायवाची नाम सोनाम ल्होछार÷लोसार वा ग्याल्बो लोसार दुई भिन्दै नामले जानिन थालेका हुन् हेर्नुहोस् THE STORY OF :OSAR (New Year) Venerable Salden, Namgyal Monastery (Personal Monastery of H.H the Dalai Lama) "The second day of Losaris known as King's Losar (gyal –po lo –sar) because officially the day is reserved for a secular gathering in the hall of Excellance of Samsara and Nirvana. His Holiness and his government exchange greeting with both monastic and lay dignitaties, such as repwsentatives of Chona, India, Bhutan, Nepal, Mongolia and other foreign visitors." ‘ल्होछार वा लोसार’लाई राजकीय (राष्ट्रिय) पर्वको मान्यताको प्रारम्भ ः ल्होछार मान्ने समुदायहरुको सामाजिक संस्थाहरु सकृयताले जातिय, भाषिक, सांस्कृतिक अधिकारहरुको खोजी र राजकीय मान्यताको मागहरु बढेपछि हिमाली तथा पहाडी समुदायहरुले मान्ने नयाँवर्ष उत्सव अर्थात् “ल्होसार वा लोसार” लाई सार्वजनिक विदा घोषणागरेर सरकारले राष्ट्रिय पर्वको मान्यता दिने क्रम बढ्दै गइरहेका छन् । यसपालि ल्होछारका दिनलाई राष्ट्रिय विदा समेत सरकारले दिइसकेको छ । चन्द्रपात्रो अनुसार तामाङ्ग, ह्योल्मो लगायत आदिवासी÷जनजातिहरुले मानी आएको चन्द्र नयाँ वर्ष ‘ल्होसार’ वा ‘लोसार’ उत्सवलाई नेपाल तामाङ्ग घेदुङ र अन्य ‘ल्होछार’ वा ‘लोसार’ प्रेमी जनजाति संघ संस्थानहरुको आह्वानमा तत्कालीन प्रधानमन्त्री स्व. मनमोहन अधिकारीको प्रधानमन्त्रीत्वकालमा २०५१ साल माघ १३ गते देखि प्रत्येक माघ शुक्लपक्ष प्रतिपदा परेवाका दिन (चन्द्र वर्षको चन्द्र महिनाको पहिलो दिनलाई) एक दिन नेपालमा श्री ५ को सरकार मन्त्री परिषद्ले “ल्होछार” मान्ने कर्मचारीहरुलाई मात्र सार्वजनिक विदा दिने निर्णय गरेको कुरा २०५१ माघ १४ गते श्री ५ को सरकार गृह मन्त्रालयले सार्वजनिक गरेको थियो । यसै दिनलाई भारतको सिक्किम राज्य सरकारको सन् १९९८ नबेम्भर १८ तारिखको दिन प्रकाशित गजेट संख्या २६२ मा सूचिकृत गरि राज्यभरि एक दिन सार्वजनिक विदा दिँदै आएको छ । निष्कर्ष ःतामाङ्ग, ह्याल्मो लगायतको आदिवासी÷जनजातिहरुले आफ्नो नयाँवर्ष फेरिने पर्वको रुपमा मान्दै आएको ‘ल्होछार वा लोसार’ चिनिया परम्परामा आधारित चन्द्र नयाँवर्ष र पात्रोसँग मेल खाने ल्होछार परम्परा हो । त्यसकारण कालचक्र पात्रोको, सौर्यमासको कुनै पनि दिन वा गते, पौष १५, या चन्द्रमासकै पूर्णिमाको दिन समवतसर, वर्ष, महिना फेरिने कुरा चनद्रवर्ष परम्परामा अर्थात् चिनिया पौराणिक नयाँवर्ष परम्परामा अर्थात् चिनिया पौराणिक नयाँवर्ष (१२ आध्यात्मिक जीवजन्तुके वर्षचक्र) प्रचलनमा पाइँदैन । ‘ल्होछार’ अथवा ‘लोसार’ नेपालको हिमाली आदिवासी÷जातिहरु तामाङ्ग, ह्योल्मो, गुरुङ्ग, शेर्पाहरुको यो महत्वपूर्ण चाड भिन्नभिन्न समयमा भिन्न नामले (सोनाम, ग्याल्पो, तोला, पुस १५ आदि) मान्नु र फरक फरक हुनुले १२ जीवजन्तुको वर्षचक्र परम्पराको ऐतिहासिकता र इतिहासका बारेमा पूर्ण ज्ञाताहरुो कमी रहेको दशाउँदछ र यो चाड हराउँदो क्रमबाट भर्खर पूनर्जागृत हुन खोज्दैछ भन्ने बुझाउँछ । चिनिया खगोलशास्त्र र तिब्बती खगोलशास्त्र एवं ज्योतिष वा पात्रो भने हामीमा विद्यमान (१) तोला २) सोनाम ल्होछार ३) ग्याल्बो ल्होछारको बारेमा कहीँ कतै वर्णन र व्याख्या गरिएको वा उल्लेख गरिएको पाइँदैन ण्हेर्नुहोस् इन्टरनेटमा इन्साईड चाइनाभित्र चाइनीज न्यूएर बारे र इन्फो तिब्बतअन्तर्गत दलाई लामाको तिब्बती खगोलशास्त्र, ज्योतिष वित्रान र औषधो विज्ञान अन्तर्गत) । तसर्थ यदि १२ जीवजन्तुको वर्षचक्र परम्परा अनुसारको ‘ल्होछार वा लोसार’ (नयाँवर्ष) परम्परा हो, भने त्यो चन्द्र नयाँवर्ष संस्कार र परम्परा नै हो । मंगोलिया, मलेसिया, सिङ्गापुर, चीन आदि देशहरुमा र चिनियामूलका जातिहरु बीच प्रचलनमा भएको ‘ल्होछार वा लोसार’ परम्परा ‘चन्द्र नववर्ष’ परम्परा नै हो । सन्दर्भ सामग्रीहरु ः
Cinese Astrology and lunar Calend
(http://wwwwlnsidechina.com/culture/festival/newyear)
DILLI JANG GURUNG, TAMU (GURUNG)/NEPAL /ENGLISH DICTIONARY – 2053
Page294, CHINA'S Lunar Calender and Main holidays/ A practical Chinise Elementry course -1996
Professor Jampa G.Dagthon, an Introduction to Tibetan Astro Science. (http//wwwwinfotibet.)
5 पशुराम तामाङ्ग, तामाङ्ग जाति र ल्होछार परम्परा, नेपाल तामाङ्ग घेदुङ
6 जगमान गुरुङ्ग, सम्पादक, ल्होछारको शुभकामना बाँदर वर्षको ल्होफल (२०४८।९।१५ – २०४९।९।१४)
7 नेत्र तमु – पेज नं.१० –११, हाम्रो रोधि वर्ष १, अंक १, २०५७ काठमाडौं TIBETAN ASTRONOMY AND ASTROLOGY – A BRIEF INTRODUCTION MEN –TSEE- KHANG GANGCHEN KYISHONG, DHARMSALA – 176215 DIST. KANGRA (H.P) INDIA
8 जगमान गुङ्ग, तमु ल्होछार (गुरुङ्ग नयाँ वष) छहरा साप्ताहिक –पुस, २०५७ HH RISIEY, The GAZETTEER of SIKKIM, 1995, LOW PRICE PUBLICATION
9 नेपाल तामाङ्ग घेदुङ छारँहेनदो लहो गीक म्हेनदो सोम –टेल्हो, २०४८
10 प्रताप बल, ह्लोछार परम्परा –२०५२, काठमाडौं ज्ञघ। डा. गणेशमान गुरुङ्ग, गुरुङ्ग तमु ल्होछार गुरुङ्ग समाज बारे एक दृष्टिकोण, ज्वाला साप्ताहिक पेज नं.५, २०५५ मंसिर
11 डा. दिलबहादुर क्षेत्री, ज्ञानबहादुर कार्की, कृष्ण गुरुङ्ग, ल्होछार पर्व ः संक्षिप्त अध्ययन –पुस, २०५८ ज्ञछ। इन्टरनेटका विभिन्न तिब्बती, चिनिया, तथा चन्द्र नयाँ वर्ष सम्बन्धी लेख तथा सूचनाहरु Tsepak Rigzin, Festival of Tibet, Library of Tibetan Works and Archives, Dharmmashala, 1993.
12 नेपाल तामाङ्ग घेदुङ तथा अखिल भारतीय तामाङ्ग बौद्ध संघ, दार्जलिङ्ग र सिक्किम तामाङ्ग बौद्ध संघले प्रकाशित गरेको ल्होछार सम्बन्धी अपिलहरु
13 नीमा तेन्जीङ शेर्पा, ल्होसार पर्व एक चिनारी, शेर्पा समाचार पत्र, पे.नं.५, वर्ष ः २ अंक ः २ २०५४ फागुन १५
14 नीमा छिरिङ शेर्पा, तिब्बती पन्चाग बुद्धम शरणम् गच्छामी, निबन्ध संग्रह, दार्जलिङ्ग, पे.नं.६६–७२ सन् १९९९ Tai Sherman, Chinese Astrology, Asiapac Books Pet Ltd, Singapure Indian Edition 2001.
15 अजितमान तामाङ्ग, चन्द्र नयाँ वर्ष ल्होछार वा लोसार कहिले र कहाँ, फ्याफुल्ला –दार्जलिङ्ग सन् २००२
16 लामा वाङदुइ खाम्सुङ, तिब्बतको परम्परागत लोसार पर्व, खाम्सुङ वाङदुइ लामा, २०६२ Yuanjing, CHINISE ZODIAC STORIES, China Pictorial Publishing House, 2007.
पाद –टिप्पणी 1 नेत्र तमु हाम्रो रोधि वर्ष –१, अंक –१, पे.नं. १० –११, २०५७, काठमाडौं ।
2. Chines Lunar Calender and Main Holidays China's Lunar or Xia calendar which is said to have to existence as early as the Zia Synasty (about 2,100- 1,600 B.C), has been use for several thousand years and is still in common use today. According to the lunar calendar china's main holidays are as follows. The Spring Festival this holiday falls on the first day of the first lunar month. it is the most important festival in China, usually celebreated with great pomp, festing and merry marking ………….(page no, 295, Practical Chineses Reader Elementary course book 1. The COMMERCIAL PRESS, 1996, Beijing)
3 हर्नुहोस् –चिनिया खगोशास्त्र र चनद्र पात्रोको विषय इन्टरनेटमा दिएको जानकारी र प्रा. परशुरामको ल्होछार सम्बन्धी पुस्तक ‘तामाङ्ग जाति र ल्होछार परम्परा’ मा पनि उल्लेख गरेका छन् ।
4 हेर्नुहोस्– चिनिया चनद्र पात्रो तथा खगोलशास्त्रमा र गुरुङ्ग विद्धान प्रा. जगमान गुरुङ्गले एक जना डोल्पाली लामाको हवाल दिएर २०५७ पुसको छहरा साप्ताहिकमा ल्होछार सम्बन्धी लेखमा पनि लेखेका छन् ।
5 TIBETAN ASTRONOMY AND ASTROLOGY – A BRIEF INTRODUCTION MENTSEE- KHANG GANGCHEN KYISHONG, DARMASALA -176215 DIST. KANGRA (H.P) INDIA page 7 -16
6. TIBETAN ASTRONOMY AND ASTROLOGY – A BRIEF INTRODUCTION MENTSEE –KHANG GANGCHEN KYISHONG, DARMASALA – 176215 DIST. KANGRA (H.P) INDIA


क्रमश-------

टे ल्हो (बाँदर) ल्होछार सम्बन्धि जानकारी


बाँदर बर्ष:यस बर्ष सवै कुराले काम गर्नेछ । कम्तीमा छरितो बाँदरले सवै कोणहरूबाट प्रयास नगरिकन परित्याग गर्दैन । असंभव प्रयासहरूमा समेत सफलता मिल्नेछ। आविष्कार तथा सुधारको छेलोखेलो हुनेछ । राजनीति, कुटनीति उच्च अर्थव्यवस्था तथा व्यापार व्यवसायहरू एकअर्कालाई गफ दिने प्रयास गर्दै आफ्नो दाऊ फ्याँकिरहेका हुनेछन् । एउटा बढी रमाइलो तथा उत्तेजनाले भरिएको समय जसमा खेलमा आफ्नो हात आजमाउनको लागि सवैलाई अवसर मिल्नेछ । बाँदरले आफ्नो गल्तीमा हाँस्दै अर्को पटक आफ्नो मोलतोल गर्ने शक्तिमा सुधार गर्न सक्ने भएकोले यहाँ कुनै सोझो द्वन्द हुँदैन ।
यो एउटा त्यस्तो खालको बर्ष हो जसले हामीलाई अर्को मानिसलाई छकाएर त्यस भन्दा राम्रो भाग पाउने प्रयास गरिरहेको पाउनेछ । कसले जित्दैछ भनेर लेखाजोखा राख्न गाह्रो हुनेछ किनकी देब्रे हातमा कति छ भनेर दाहीने हातलाई थाहा हुँदैन । एउटा कुरा निश्चित हुन्छ यो एउटा ज्यादै उन्नतिशील समय हुनेछ । हामी सवैजना अघाडी बढ्नेछौं र आधिकतम प्राप्तीको लागि यदि हामीले निवेदन नदिए तापनि हामी सिक्न र उन्नति गर्नमा बाँदरको प्राकृतिक खुबीको तरङ्गको छालद्वारा अघि बढाइनेछौं ।
यस बर्ष शासन गर्ने बाँदरको भाग्यशाली पुष्टिले हामीलाई जुवा खेल्न, लाभ निस्चित नभएको ठाउँमा लगानी गर्न र जोखिम पूर्ण तर सिपालु विकल्पलाई उपयोग गर्न तर्फ उक्साउनेछ । झीक्नमा यदि तपाई छिटो हुनुहुन्छभने यस बर्षले विशाल लाभांष दिनेछ । यो बर्ष निश्चयनै कमजोर मुटु भएको वा कम चलाक मानिसहरूको लागि होइन । बाँदरले कुनैपनि छुट दिदैन र बदलामा केही पनि माग्दैन । यदि रोकावट आयो भने बाँदरको बर्षले चाँडै त्यसलाई अन्त्य गर्नेछ । ऊसको आशावादी तथा तिखो प्रभावहरूद्वारा व्यापार व्यवसायले आकाशलाई छुनेछ । बाँदरको स्रोतको प्रचुरताले सवैलाई अचम्म तथा हायल कायल पार्नेछ ।
यो कुरालाई मनन गर्नु चाखलाग्दो हुन्छ कि अमेरिकाको जन्म अग्नि बाँदर बर्ष सन् १७७६ मा भएको थियो । शायद यसले यति छोटो समयमा उपलब्ध गरेको ऊसको अद्भुत विकास र अचम्मलाग्दो उपलब्धिहरूलाई व्याख्या गर्छ ।
भनिन्छकी बाँदर बर्षले काम कुरा गर्ने कैयन नयाँ तथा अपरम्परागत विधिहरूलाई ल्याउँछ ।
बाँदर वर्ष कुन वर्गको लागि:
मुसा वर्गको लागि बाँदर वर्षकमा कस्तो हुन्छ ?
यस बर्ष मुसा वर्गको लागि थुनसुम परेकोले बाधाहरू धेरै आउनेछन् त्यस कारण गुम्बामा गएर लामा गुरुहरूबाट पुजा पाठ गराएमा बाधाहरूलाई हटाउने प्रयास गर्न सकिन्छ । यद्यपि घर वा व्यापारमा कुनै गम्भिर समस्या नदेखिएकोले यस बर्ष मुसाले एउटा फलदायी बर्ष मनाउन सक्ने छ । ऊसले खराब भन्दा असल समाचारहरू बढी पाउने छ । यद्यपि यस समयमा भविष्यमा पछाडी धकेलिनबाट टाढा रहनको लागि ऊसले मित्रता वा साझेदारीलाई तोडनबाट ऊ टाढै रहनुपर्छ ।
गोरू वर्गको लागि बाँदर बर्षमा कस्तो हुन्छ ?
गोरु वर्गको मानिसको लागि भाग्यशाली र उन्नति पूर्ण बर्ष । महत्वपूर्ण व्यक्तिहरूद्वारा ऊ सत्कार गरिनेछ वा ऊसको खोजी गरिनेछ । परिवारमा शुभ समाचार वा नयाँ जागिर वा पदोन्नतिले उसलाई पर्खन्छ । नयाँ कार्य वा साझेदारी देखिन्छ ।
बाघ वर्गको लागि बाँदर बर्षमा कस्तो हुन्छ ?
बाघ वर्गको मानिसलाई यस बर्ष धुनसुर परेकोले बाधाहरू धेरै आउनेछन् । त्यस कारण गुम्बामा गएर लामा गुरुहरूबाट पूजा पाठ गराएमा बाधाहरूलाई हटाउने प्रयास गर्न सकिन्छ । बाघको लागि एउटा झर्कोलाग्दो बर्ष । झर्को र उत्तेजना तथा असफलताहरूले ऊसको धैर्यता र दूरदर्शीताको शक्तिको परिक्षा गर्नेछ । ऊसले आफ्ना विरोधहरूलाई बढी ठूलो स्वरले उठाउनु हुँदैन र मुद्दातर्फ डोर्यााउन सक्ने द्वन्दहरूबाट ऊ टाढा नै रहनु पर्नेछ । ऊसले यस बर्ष अघि पछि भन्दा बढी यात्रा र मनोरञ्जन गर्नु पर्नेछ र सम्झौता गर्नको लागि बाध्य हुनु पर्नेछ ।
खरायो (बिरालो) वर्गको लागि बाँदर बर्षमा कस्तो हुन्छ ?
बढी आशावादी नभएमा खरायो वर्गको मानिसको लागि एउटा उचित बर्ष । आर्थिक लेनदेन वा करारमा अनपेक्षीत बाधा आइ पर्नेछ वा विश्वासी सहयोगीले धोका दिएको कारण फलिभुत नहुन सक्छ । ऊसको पारिवारीक जीवन शान्त रहनेछ तर ऊसले आफ्नो उन्नतिमा बाधा पुर्याीउन सक्ने कैयन सामान्य विरामीहरूको सामना गर्नु पर्नेछ ।
ड्रागन वर्गको लागि बाँदर बर्षमा कस्तो हुन्छ ?
यस बर्ष थुनसुम परेकोले बाधाहरू धेरै आउनेछन् त्यस कारण गुम्बामा गएर लामा गुरुहरूबाट पूजा पाठ गराएमा बाधाहरूलाई हटाउने प्रयास गर्न सकिन्छ । यद्यपि ड्रागनको लागि एउटा मिश्रीत बर्ष । ऊसको जीवनको गति र आर्थिक कृयाकलापमा उन्नति देखिने छ तर ऊ प्रारम्भिक चरणका अनुकुल परिणामहरूबाट झुक्किनु हुँदैन नत्रभने ऊ कानूनी झन्झटको चंगुलमा पर्न सक्छ । यदि सवैकुरा आफूले चाहे अनुसारले गर्नमा ऊ बढी ढीठ भयो भने त्यसको परिणाम स्वरूप मित्रता टुट्न सक्छ वा प्रेममा झगडा हुन सक्छ । सम्झौताहरू गर्ने र अरूको सल्लाह सुन्ने एउटा समय ।
सर्प वर्गको लागि बाँदर बर्षमा कस्तो हुन्छ ?
आफूलाई ज्यादै आवश्यक परेको बेलामा सर्पले सहायता पाउने भएकोले एउटा असल बर्ष । तै पनि ऊ नचाहँदा नचाहँदै पनि विवादमा पर्न सक्छ यदि ऊसले आगोमा घिऊ नथपेमा सवैकुरा आफै जलेर नष्ट हुनेछ । तैपनि यी प्रतिकुल अवस्थाहरूले अनावश्यक चिन्ता पुर्यािउन पनि सक्छ । यो रूढिवादी वा टतस्थ रहने एउटा बर्ष हो ।
घोडा वर्गको लागि बाँदर बर्षमा कस्तो हुन्छ ?
घोडा वर्गको मानिसको लागि एउटा निकै असल खालको बर्ष अचानक लाभ हुने अथवा नसोचेको लाभहरू देखिएकोले घोडाको लागि एउटा शौभाग्यशाली बर्ष । ऊसले जुन कुरा खोजेको हो त्यो ऊसले पाउनेछ तर ऊ असावधानीबाट उत्पन्न हुन सक्ने देखिएको दुर्घटनाहरूबाट सावधान पनि रहनु पर्नेछ । घर परिवारमा एउटा दुखद समाचार आउन सक्नेछ तर अरूको समस्याहरूले उसलाई व्यक्तिगत रूपमा असर पार्ने छैन ।
भेडा वर्गको लागि बाँदर बर्षमा कस्तो हुन्छ ?
भेडा वर्गको मानिसको लागि एउटा असल बर्ष । काममा प्राप्त भएको मान्यता तथा पदोन्नतिले उसलाई सन्तुष्टिको एउटा चेतना दिन्छ र ऊसले एउटा व्यस्त तर लाभदायक बर्ष उपभोग गर्नेछ । विरोधिहरू कम नै हुनेछन र स्वास्थ्य सम्बन्धि समस्याहरू साना हुनेछन् ।
बाँदर वर्गको लागि बाँदर बर्षमा कस्तो हुन्छ ?
बाँदर वर्गको मानिसहरूको लागि एउटा उत्कृष्ट समय । उपलब्धि, खुशी तथा मान्यता प्राप्त हुने देखिएकोले ऊसले आफ्नै व्यापार व्यवसाय स्थापन गर्न सक्छ । ऊसले अचम्मको उन्नति गर्नेछ । यद्यपि यस वर्षमा बर्ष बाधा (ल्हो काग) परेकोले चिताएका कुराहरू पुरा नहुनु पनि सक्छ । त्यस कारण गुम्बामा गएर लामा गुरुहरूबाट पूजा पाठ गराएमा बाधाहरूलाई हटाउने प्रयास गर्न सकिन्छ । टाउको दुखाइ मुख्य गरेर आफू मातहतका, आसामी वा ऊसको साहसी उद्यममा लगानी गर्ने मानिसहरूबाट आउनेछ । आवश्यकताभन्दा बढी परिश्रम गरेबाट स्वास्थ्य सम्बन्धि समस्याहरू देखा पर्नेछ ।
चरा वर्गको लागि बाँदर बर्षमा कस्तो हुन्छ ?
चरा वर्गको मानिसहरूको लागि एउटा प्रतिकूल बर्ष । चरालाई आर्थिक समस्या, व्यापार व्यवसाय वा जागिरमा असफलता वा घरमा व्यक्तिगत कष्टहरू आइलाग्ने छन् । ऊसले न्याय गर्नमा गल्ति गर्ने संभावना देखिन्छ त्यसैले ऊसले बाहिरी सूचनामाथि भर पर्नुहुँदैन तर सवैकुरालाई आफैले राम्ररी जाँच पडताल गर्नुपर्छ । काम कुराहरू उनीहरूको वास्तविक रूपमा भन्दा असल रूपमा देखिनेछन् ।
कुकुर वर्गको लागि बाँदर बर्षमा कस्तो हुन्छ ?
कुकुर वर्गको मानिसको लागि एउटा असल बर्ष । यो कुकुरले अपेक्षा गरेजस्तो फलदायी नभएर एउटा धपेडीयुक्त हुनेछ तर घरमा उत्सव वा असल समाचार आउनेछ । अतिरिक्त खर्च, अघि पछि भन्दा बढी यात्रा वा बासस्थानमा परिवर्तन आउनसक्ने देखिन्छ । नयाँ मित्र र महत्वपूर्ण मानिसहरूले उनलाई सत्कार गर्नेछन् ।
बनेल वर्गको लागि बाँदर बर्षमा कस्तो हुन्छ ?
बनेल वर्गको मानिसको लागि असल तथा सन्तुष्टिदायक समय । ऊ पैसाको कमी वा असहयोगवाट सताइनेछ र ऊसको मन कैयन घरायसी र व्यक्तिगत समस्याहरूको बोझद्वारा सताइनेछ । परिणामहरू पूर्णतया अनुकुल हुन्छैनन् तर ऊ रूपैयाँ पैसा सापट लिन वा अरू मानिसहरूको बलसँग संलग्न भएर कठिनाइहरूलाई समाधान गर्नमा सक्षम हुनेछ ।
(अनुवादक/लेखक मुकेश लामा लो को ‘बाह्र ल्हो , पाँच खाम र ल्होसार पुस्तकबाट )