Sunday, December 13, 2015

टे ल्हो (बाँदर) ल्होछार सम्बन्धि जानकारी


बाँदर बर्ष:यस बर्ष सवै कुराले काम गर्नेछ । कम्तीमा छरितो बाँदरले सवै कोणहरूबाट प्रयास नगरिकन परित्याग गर्दैन । असंभव प्रयासहरूमा समेत सफलता मिल्नेछ। आविष्कार तथा सुधारको छेलोखेलो हुनेछ । राजनीति, कुटनीति उच्च अर्थव्यवस्था तथा व्यापार व्यवसायहरू एकअर्कालाई गफ दिने प्रयास गर्दै आफ्नो दाऊ फ्याँकिरहेका हुनेछन् । एउटा बढी रमाइलो तथा उत्तेजनाले भरिएको समय जसमा खेलमा आफ्नो हात आजमाउनको लागि सवैलाई अवसर मिल्नेछ । बाँदरले आफ्नो गल्तीमा हाँस्दै अर्को पटक आफ्नो मोलतोल गर्ने शक्तिमा सुधार गर्न सक्ने भएकोले यहाँ कुनै सोझो द्वन्द हुँदैन ।
यो एउटा त्यस्तो खालको बर्ष हो जसले हामीलाई अर्को मानिसलाई छकाएर त्यस भन्दा राम्रो भाग पाउने प्रयास गरिरहेको पाउनेछ । कसले जित्दैछ भनेर लेखाजोखा राख्न गाह्रो हुनेछ किनकी देब्रे हातमा कति छ भनेर दाहीने हातलाई थाहा हुँदैन । एउटा कुरा निश्चित हुन्छ यो एउटा ज्यादै उन्नतिशील समय हुनेछ । हामी सवैजना अघाडी बढ्नेछौं र आधिकतम प्राप्तीको लागि यदि हामीले निवेदन नदिए तापनि हामी सिक्न र उन्नति गर्नमा बाँदरको प्राकृतिक खुबीको तरङ्गको छालद्वारा अघि बढाइनेछौं ।
यस बर्ष शासन गर्ने बाँदरको भाग्यशाली पुष्टिले हामीलाई जुवा खेल्न, लाभ निस्चित नभएको ठाउँमा लगानी गर्न र जोखिम पूर्ण तर सिपालु विकल्पलाई उपयोग गर्न तर्फ उक्साउनेछ । झीक्नमा यदि तपाई छिटो हुनुहुन्छभने यस बर्षले विशाल लाभांष दिनेछ । यो बर्ष निश्चयनै कमजोर मुटु भएको वा कम चलाक मानिसहरूको लागि होइन । बाँदरले कुनैपनि छुट दिदैन र बदलामा केही पनि माग्दैन । यदि रोकावट आयो भने बाँदरको बर्षले चाँडै त्यसलाई अन्त्य गर्नेछ । ऊसको आशावादी तथा तिखो प्रभावहरूद्वारा व्यापार व्यवसायले आकाशलाई छुनेछ । बाँदरको स्रोतको प्रचुरताले सवैलाई अचम्म तथा हायल कायल पार्नेछ ।
यो कुरालाई मनन गर्नु चाखलाग्दो हुन्छ कि अमेरिकाको जन्म अग्नि बाँदर बर्ष सन् १७७६ मा भएको थियो । शायद यसले यति छोटो समयमा उपलब्ध गरेको ऊसको अद्भुत विकास र अचम्मलाग्दो उपलब्धिहरूलाई व्याख्या गर्छ ।
भनिन्छकी बाँदर बर्षले काम कुरा गर्ने कैयन नयाँ तथा अपरम्परागत विधिहरूलाई ल्याउँछ ।
बाँदर वर्ष कुन वर्गको लागि:
मुसा वर्गको लागि बाँदर वर्षकमा कस्तो हुन्छ ?
यस बर्ष मुसा वर्गको लागि थुनसुम परेकोले बाधाहरू धेरै आउनेछन् त्यस कारण गुम्बामा गएर लामा गुरुहरूबाट पुजा पाठ गराएमा बाधाहरूलाई हटाउने प्रयास गर्न सकिन्छ । यद्यपि घर वा व्यापारमा कुनै गम्भिर समस्या नदेखिएकोले यस बर्ष मुसाले एउटा फलदायी बर्ष मनाउन सक्ने छ । ऊसले खराब भन्दा असल समाचारहरू बढी पाउने छ । यद्यपि यस समयमा भविष्यमा पछाडी धकेलिनबाट टाढा रहनको लागि ऊसले मित्रता वा साझेदारीलाई तोडनबाट ऊ टाढै रहनुपर्छ ।
गोरू वर्गको लागि बाँदर बर्षमा कस्तो हुन्छ ?
गोरु वर्गको मानिसको लागि भाग्यशाली र उन्नति पूर्ण बर्ष । महत्वपूर्ण व्यक्तिहरूद्वारा ऊ सत्कार गरिनेछ वा ऊसको खोजी गरिनेछ । परिवारमा शुभ समाचार वा नयाँ जागिर वा पदोन्नतिले उसलाई पर्खन्छ । नयाँ कार्य वा साझेदारी देखिन्छ ।
बाघ वर्गको लागि बाँदर बर्षमा कस्तो हुन्छ ?
बाघ वर्गको मानिसलाई यस बर्ष धुनसुर परेकोले बाधाहरू धेरै आउनेछन् । त्यस कारण गुम्बामा गएर लामा गुरुहरूबाट पूजा पाठ गराएमा बाधाहरूलाई हटाउने प्रयास गर्न सकिन्छ । बाघको लागि एउटा झर्कोलाग्दो बर्ष । झर्को र उत्तेजना तथा असफलताहरूले ऊसको धैर्यता र दूरदर्शीताको शक्तिको परिक्षा गर्नेछ । ऊसले आफ्ना विरोधहरूलाई बढी ठूलो स्वरले उठाउनु हुँदैन र मुद्दातर्फ डोर्यााउन सक्ने द्वन्दहरूबाट ऊ टाढा नै रहनु पर्नेछ । ऊसले यस बर्ष अघि पछि भन्दा बढी यात्रा र मनोरञ्जन गर्नु पर्नेछ र सम्झौता गर्नको लागि बाध्य हुनु पर्नेछ ।
खरायो (बिरालो) वर्गको लागि बाँदर बर्षमा कस्तो हुन्छ ?
बढी आशावादी नभएमा खरायो वर्गको मानिसको लागि एउटा उचित बर्ष । आर्थिक लेनदेन वा करारमा अनपेक्षीत बाधा आइ पर्नेछ वा विश्वासी सहयोगीले धोका दिएको कारण फलिभुत नहुन सक्छ । ऊसको पारिवारीक जीवन शान्त रहनेछ तर ऊसले आफ्नो उन्नतिमा बाधा पुर्याीउन सक्ने कैयन सामान्य विरामीहरूको सामना गर्नु पर्नेछ ।
ड्रागन वर्गको लागि बाँदर बर्षमा कस्तो हुन्छ ?
यस बर्ष थुनसुम परेकोले बाधाहरू धेरै आउनेछन् त्यस कारण गुम्बामा गएर लामा गुरुहरूबाट पूजा पाठ गराएमा बाधाहरूलाई हटाउने प्रयास गर्न सकिन्छ । यद्यपि ड्रागनको लागि एउटा मिश्रीत बर्ष । ऊसको जीवनको गति र आर्थिक कृयाकलापमा उन्नति देखिने छ तर ऊ प्रारम्भिक चरणका अनुकुल परिणामहरूबाट झुक्किनु हुँदैन नत्रभने ऊ कानूनी झन्झटको चंगुलमा पर्न सक्छ । यदि सवैकुरा आफूले चाहे अनुसारले गर्नमा ऊ बढी ढीठ भयो भने त्यसको परिणाम स्वरूप मित्रता टुट्न सक्छ वा प्रेममा झगडा हुन सक्छ । सम्झौताहरू गर्ने र अरूको सल्लाह सुन्ने एउटा समय ।
सर्प वर्गको लागि बाँदर बर्षमा कस्तो हुन्छ ?
आफूलाई ज्यादै आवश्यक परेको बेलामा सर्पले सहायता पाउने भएकोले एउटा असल बर्ष । तै पनि ऊ नचाहँदा नचाहँदै पनि विवादमा पर्न सक्छ यदि ऊसले आगोमा घिऊ नथपेमा सवैकुरा आफै जलेर नष्ट हुनेछ । तैपनि यी प्रतिकुल अवस्थाहरूले अनावश्यक चिन्ता पुर्यािउन पनि सक्छ । यो रूढिवादी वा टतस्थ रहने एउटा बर्ष हो ।
घोडा वर्गको लागि बाँदर बर्षमा कस्तो हुन्छ ?
घोडा वर्गको मानिसको लागि एउटा निकै असल खालको बर्ष अचानक लाभ हुने अथवा नसोचेको लाभहरू देखिएकोले घोडाको लागि एउटा शौभाग्यशाली बर्ष । ऊसले जुन कुरा खोजेको हो त्यो ऊसले पाउनेछ तर ऊ असावधानीबाट उत्पन्न हुन सक्ने देखिएको दुर्घटनाहरूबाट सावधान पनि रहनु पर्नेछ । घर परिवारमा एउटा दुखद समाचार आउन सक्नेछ तर अरूको समस्याहरूले उसलाई व्यक्तिगत रूपमा असर पार्ने छैन ।
भेडा वर्गको लागि बाँदर बर्षमा कस्तो हुन्छ ?
भेडा वर्गको मानिसको लागि एउटा असल बर्ष । काममा प्राप्त भएको मान्यता तथा पदोन्नतिले उसलाई सन्तुष्टिको एउटा चेतना दिन्छ र ऊसले एउटा व्यस्त तर लाभदायक बर्ष उपभोग गर्नेछ । विरोधिहरू कम नै हुनेछन र स्वास्थ्य सम्बन्धि समस्याहरू साना हुनेछन् ।
बाँदर वर्गको लागि बाँदर बर्षमा कस्तो हुन्छ ?
बाँदर वर्गको मानिसहरूको लागि एउटा उत्कृष्ट समय । उपलब्धि, खुशी तथा मान्यता प्राप्त हुने देखिएकोले ऊसले आफ्नै व्यापार व्यवसाय स्थापन गर्न सक्छ । ऊसले अचम्मको उन्नति गर्नेछ । यद्यपि यस वर्षमा बर्ष बाधा (ल्हो काग) परेकोले चिताएका कुराहरू पुरा नहुनु पनि सक्छ । त्यस कारण गुम्बामा गएर लामा गुरुहरूबाट पूजा पाठ गराएमा बाधाहरूलाई हटाउने प्रयास गर्न सकिन्छ । टाउको दुखाइ मुख्य गरेर आफू मातहतका, आसामी वा ऊसको साहसी उद्यममा लगानी गर्ने मानिसहरूबाट आउनेछ । आवश्यकताभन्दा बढी परिश्रम गरेबाट स्वास्थ्य सम्बन्धि समस्याहरू देखा पर्नेछ ।
चरा वर्गको लागि बाँदर बर्षमा कस्तो हुन्छ ?
चरा वर्गको मानिसहरूको लागि एउटा प्रतिकूल बर्ष । चरालाई आर्थिक समस्या, व्यापार व्यवसाय वा जागिरमा असफलता वा घरमा व्यक्तिगत कष्टहरू आइलाग्ने छन् । ऊसले न्याय गर्नमा गल्ति गर्ने संभावना देखिन्छ त्यसैले ऊसले बाहिरी सूचनामाथि भर पर्नुहुँदैन तर सवैकुरालाई आफैले राम्ररी जाँच पडताल गर्नुपर्छ । काम कुराहरू उनीहरूको वास्तविक रूपमा भन्दा असल रूपमा देखिनेछन् ।
कुकुर वर्गको लागि बाँदर बर्षमा कस्तो हुन्छ ?
कुकुर वर्गको मानिसको लागि एउटा असल बर्ष । यो कुकुरले अपेक्षा गरेजस्तो फलदायी नभएर एउटा धपेडीयुक्त हुनेछ तर घरमा उत्सव वा असल समाचार आउनेछ । अतिरिक्त खर्च, अघि पछि भन्दा बढी यात्रा वा बासस्थानमा परिवर्तन आउनसक्ने देखिन्छ । नयाँ मित्र र महत्वपूर्ण मानिसहरूले उनलाई सत्कार गर्नेछन् ।
बनेल वर्गको लागि बाँदर बर्षमा कस्तो हुन्छ ?
बनेल वर्गको मानिसको लागि असल तथा सन्तुष्टिदायक समय । ऊ पैसाको कमी वा असहयोगवाट सताइनेछ र ऊसको मन कैयन घरायसी र व्यक्तिगत समस्याहरूको बोझद्वारा सताइनेछ । परिणामहरू पूर्णतया अनुकुल हुन्छैनन् तर ऊ रूपैयाँ पैसा सापट लिन वा अरू मानिसहरूको बलसँग संलग्न भएर कठिनाइहरूलाई समाधान गर्नमा सक्षम हुनेछ ।
(अनुवादक/लेखक मुकेश लामा लो को ‘बाह्र ल्हो , पाँच खाम र ल्होसार पुस्तकबाट )

No comments:

Post a Comment